न्युजिल्याण्डको एस्बर्टनमा क्वाड बाईक दुर्घटना परि ज्यान गुमाएका सुनसरी मधेशाका सुवास घिमिरेको शव न्युजिल्याण्डबाट नेपाल पठाईयो

सबै

गत जुन २४ तारिकका दिन न्युजिल्याण्डको एस्बर्टनमा क्वाड बाईक दुर्घटना परि ज्यान गुमाएका सुनसरी मधेशाका सुवास घिमिरेको शव न्युजिल्याण्डबाट नेपाल पठाईएको छ । घिमिरेको शव हिजो राती सिंगापुर एयरलाइन्स मार्फत नेपाल पठाईएको हो । उनको शव नेपाली समय अनुसार आज राती १० बजे नेपाल पुग्ने छ । परिवारका श्रोतका अनुसार घिमिरेको अन्तिम संस्कार भोली आईतबार काठमाडौंमा गरिने छ । घिमिरेको पशुपति आर्यघाटमा भोली बिहान दाहसंस्कार गरिने परिवारका एक सदस्यले जानकारी दिए । उनको अन्तिम संस्कारमा सहभागी हुन परिवारका सदस्य काठमाडौं पुगिसकेका छन् । मृतक घिमिरेका आमा, श्रीमती, छोरा, भाई र बुहारी नेपाल मै छन् भने अर्का एक भाई रोजगारीका लागि कतारमा छन् । सुवाश ८ वर्ष अगाडि न्युजिल्याण्ड आएका थिए । उनी न्युजिल्याण्डको साउथ आईल्याण्डको एस्बर्टन भन्ने ठाउँको एक डेरी फार्ममा काम गर्थे । कामकै शिलशिलामा उनको गत जुन २४ तारिकका दिन क्वाड बाईक दुर्घटना मृत्‍यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *