पर्साको कालिकामाई गाउँपालिकामा जसपा र काँग्रेसका कार्यकर्ताबीच झडप ५ जना घाईते

सबै

वीरगञ्ज ३२ असार । शुक्रबार डाकिएको पर्साको कालिकामाई गाउँपालिका सभा स्थगित भईसकेपछि पर्साको कालिकामाई गाउँपालिकामा झडप भएको छ । नेपाली काँग्रेस र जनता समाजवादी पार्टी नेपालका कार्यकर्ताबीच झडप भएको हो ।झडपमा परी वडा नम्बर ३ का अध्यक्ष सञ्जय कुमार पटेल सहित ५ जना घाईते भएका छन् । घाईतेहरुको वीरगञ्ज स्थित नारायणी अस्पतालमा उपचार भईरहेको छ । वडा अध्यक्षको गालामा चोट लागेको छ । भित्र र बाहिर गरी पाँच वटा टाँका लागेको नारायणी अस्पतालले जनाएको छ ।त्यसैगरि वडा नम्बर ४ बस्ने महम्मद गफार मिया, महम्मद एकबाल मिया, अकबर मिया र विजय चौरसिया घाईते भएका छन् । घाईते मध्ये महम्मद मियाको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको छ ।

यता घटनामा संलग्न रहेको आरोपमा ध्रुव साहलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले बताए । ‘गाउँ सभामा नै प्रहरी टोली खटिएको थियो, झडप नै भयो भनेपछि थप टोली पठायौं ।’ उनले भने ‘ त्यसपछि हामीले भिडलाई तितर वितर पारेका थियौं, पछि वडा नम्बर ३ बालुवाकट्टी जाने बाटोमा काँग्रेस र जसपाको कार्यकर्ताबीच झडप भएको थियो । जसमा ५ जना घाईते भएका छन् जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक खनालले बताए । 

yatra daily बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *