विशेष आर्थिक क्षेत्र सिमरा ‘सेज’ मा ३० निजी कम्पनीले ७ अर्वको लगानी गर्ने

सबै

विशेष आर्थिक क्षेत्र प्राधिकरण सिमरा ‘सेज’ मा ३० वटा निजी कम्पनीले ७ अर्वको लगानी गर्ने भएका छन् । ८३३ बिगाहा क्षेत्रफल रहेको सिमरा सेजको ‘ए ब्लक’ मा ३० वटा स्वदेशी निजी कम्पनीले ७ अर्बको लगानी गर्ने भएका हुन् । सिमरा सेजका अनुसार ‘ए ब्लक’को ६० वटा प्लटमा ३० वटा उद्योग आएका छन् । उनीहरुले करिव ७ अर्ब २५ करोड लगानी गर्दछन् । त्यहाँ ४ हजार ४ सयले रोजगारी पाउने सेजका कार्यकारी प्रमुख डा.चण्डिका भट्टले बताए ।  राष्ट्रिय रुपमा व्यापार घाटा कम गर्ने र रोजगारी सिर्जना गर्ने उद्देश्यले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २ वर्षभित्र सञ्चालन गर्नेगरी तामझामका साथ शिलान्याश गरेको सेजमा ५ वर्षपछि बल्ल उद्योगीहरु आउन ईच्छुक देखिएका हुन् । हाल सिमरा सेजमा हर्वल प्रोसेसिङ्ग उद्योग, कृषिमा आधारित उद्योग, सिमेन्ट कम्पनीका बोर्डहरु बनाउने, औषधि उद्योगलाई आवश्यक पर्ने उपकरण बनाउने र ठुलो संख्यामा गार्मेट उद्योग आएको सेजले जनाएको छ । निजी उद्योगलाई आकर्षण गर्न पछिल्लो समय सेजले जग्गाको भाडादर ५० प्रतिशतले घटाएर प्रतिमहिना प्रतिवर्गमिटर १० रुपैयाँ बनाएको छ भने उत्पादनको पहिलो वर्षमै ६० प्रतिशत निर्यात गनुपर्ने बाध्यात्मक व्यवस्थालाई हटाएर सुरुको २ वर्ष निर्यात गर्नु नपर्ने र तेस्रो वर्ष २० प्रतिशत, चौथो वर्ष ४० र पाँचौ वर्षदेखि कुल उत्पादनको ६० प्रतिशत भारत र चीनसहित तेस्रो मुलुकमा निर्यात गर्नुपर्ने व्यवस्था लागु गरेको छ ।एता सिमरा सेजमा आकर्षक कुनै अफर नभएको भन्दै उद्योग आउँछन् भन्नेमा विश्वास नभएको उद्योग वाणिज्य महासंघले जनाएको छ । महासंघले अझै पनि जग्गाको भाडादर चर्को भएको, उद्योगको शान्ति सुरक्षाको ग्यारेन्टी नभएको, सेजमा सञ्चालन हुने उद्योगहरुको भू–वहाल अवधि बढीमा ३० वर्ष रहने र थप १० वर्ष थप्न सक्ने व्यवस्था अनुसार ४० वर्षपछि उद्योगहरुले बनाएको भौतिक संरचना कसरी ह्याण्डओभर गर्ने, नेपाल सरकारको जग्गा धितो राख्न नपाउने व्यवस्थाका कारण बैंकबाट कर्जा पाउन समस्या हुने जनाएको छ । सेज छेउछाउका बस्तीका कारण भोलिका दिनमा द्वन्द्व सिर्जना हुनसक्ने, सिमरा टेलिकमदेखि सेजसम्मको साँघुरो सडक पूर्वाधार, बंैकहरुको लगानी ठप्प भएको भन्दै सेजमा उद्योगीहरु आउन ईच्छुक नभएको उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष गणेश प्रसाद बताउनुहुन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *