बन्दै छ रास्वपा, बढ्दै छ रास्वपा – घण्टीमय बन्दैछ महागढिमाई नगरपालिका, बारा

बारा, नेपाल – बारा जिल्लाको महागढिमाई नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रभाव दिन प्रतिदिन बढ्दै गएको छ। स्थानीय तहमा हुने आगामी निर्वाचनलाई लक्षित गर्दै रास्वपाले आफ्नो संगठन विस्तारलाई तीव्र बनाएको छ। नगरका विभिन्न वडामा जनसम्पर्क, घरदैलो अभियान र राजनीतिक भेला गर्दै पार्टीले जनताको ध्यान आकर्षित गरिरहेको छ। रास्वपाका समर्थकहरू “बन्दै छ रास्वपा, बढ्दै छ […]

Continue Reading

पेट्रोलियम पदार्थको मूल्य घट्यो, एलपी ग्यासको यथावत्

काठमाडौँ– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको बैठकले आइतबार बिहानदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर २, डिजेल तथा मट्टितेलमा प्रतिलिटर १ रुपैयाँका दरले घटाएको हो। आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर पाँच र अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा प्रतिकिलोलिटर ३७ अमेरिकी डलरका दरले घटाइएको निगमले जनाएको छ। निगमले पेट्रोल पहिलो, दोस्रो र तेस्रो वर्गका क्षेत्रमा प्रतिलिटर […]

Continue Reading

हिमताल फुटेर आएको बाढीले विरुप बनाएको पर्यटकीय थामे गाउँ

काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका– ५ थामेमा हिमताल फुटेर लेदोसहितको बाढी आएको पुष्टि भएको छ । थामेमा हिमताल फुटेका कारण लेदोसहितको बाढी आएको पुष्टि भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अनुसार थामे गाउँभन्दा माथिको खुम्बु क्षेत्रका दुई वटा ताल फुट्दा शुक्रबार थामे खोलामा बाढी आएको हो । थामे खोलामा शुक्रबार लेदोसहितको बाढी एक्कासी उर्लेर […]

Continue Reading

नदीकिनारबाट नियन्त्रणमा लिइएको बाघलाई चितवन राष्ट्रिय निकुञ्जमा छाडियो

नारायणगढको नारायणी नदीकिनारबाट नियन्त्रणमा लिइएको बाघलाई चितवन राष्ट्रिय निकुञ्जमा छाडिएको छ। उक्त बाघलाई निकुञ्जको भित्री क्षेत्रमा सोमबार साँझ छाडिएको हो ।निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार नियन्त्रणमा लिइएको बाघको स्वास्थ्य अवस्था राम्रो रहेको छ । एक रात सौराहामा राखेर स्वास्थ्य अवस्था हेरेर निकुञ्जको भित्री भागमा छाडिएको हो । सूचना अधिकारी तिवारीले भने, ‘स्वास्थ्य, उमेर र […]

Continue Reading

मर्यादाको धज्जी उडाउने मन्त्री दीपक मनाङे

गण्डकी प्रदेश सरकारमा राजीव गुरूङ (दीपक मनाङे) छैटौंपटक मन्त्री छन् । खगराज अधिकारीलाई साथ छोडेर विश्वासको मत दिएपछि मनाङेलाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भौतिक पूर्वाधार मन्त्रालयमै दोहोर्‍याएका छन् । सरकार संकटमा परेपछि भौतिक पूर्वाधारमन्त्री बनाएका पाण्डेले फेरि पनि मनाङेलाई सोही मन्त्रालय दिएका छन् । गुण्डागर्दी पृष्ठभूमिबाट राजनीतिमा आएर दोस्रोपटक पनि स्वतन्त्र सांसद जितेका मनाङेले छैटौंपटक मन्त्री […]

Continue Reading

सिमलताल पहिरोः-एक साता बित्दा पनी ३७ भन्दा बडी अझै वेपत्ता

सिमलताल पहिरोमा परी त्रिशूलीमा बेपत्ता भएका बसका तीन यात्रुको शव भारतीय भूमिमा फेला परेको छ । भारतीय सीमा सुरक्षा बल एसएसबीको टोलीले चम्पारण नगाहास्थित नारायद्रणी नदीमा शव फेला पारेपछि नेपाल ल्याइएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । यद्यपि, शवको सनाखत हुन बाँकी छ ।  चितवनको सिमलताल पहिरोमा परी त्रिशूलीमा बेपत्ता भएका ६२ मध्ये २५ जनाको […]

Continue Reading

श्री परमानन्द संस्कृत छात्र परिषद कला संरक्षण विभाग भरतपुर को अधिवेशन  सम्पन्न, नवगठित  अध्यक्ष मा आचार्य पं प्रकाश  पाण्डे

आषाढ २२ गते शनिवार भरतपुर ९शरदपुर श्री त्रिपुरेश्वर शिव मन्दिरमा श्री परमानन्द संस्कृत छात्र परिषद कला विभागको ३२ सौँ साधारणसभा एवम्  सातौँ अधिवेशन ज्यो. पं.प्रताप कंडेलको अध्यक्षतामा श्री  परमानन्द संस्कृत गुरुकुल विद्यापीठमका प्राचार्य सुभाव ब्रह्मचारी गुरुको प्रमुख आतिथ्यतामा यश क्षेत्रका धार्मिक सामाजिक महानुभावहरुको समुपस्थितिमा अधिवेशन  सम्पन्न भयो । उक्त कार्यक्रममा संस्थापक निर्देशक आचार्य पं श्री चेतराज कंडेलले संस्थाको […]

Continue Reading

बरु प्रहरी प्रयोग गर्छु तर गुण्डागर्दी सहन्नँ, दलीय राजनीति हटाएरै छोड्छु जसरी भएपनि हटाउँछुःशिक्षामन्त्री श्रेष्ठ

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रको संरचनागत सुधारका लागि प्रयास भइरहेको बताएकी छिन् ।  प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुबाट उठेका प्रश्नको जवाफ दिँदै शिक्षामन्त्री श्रेष्ठले यस क्षेत्रको सुधारका लागि मन्त्रालय मात्र नभइ सबै पक्ष जिम्मेवारीका साथ लाग्नुपर्ने बताइन् । “शिक्षा क्षेत्रमा संरचनागत सुधार आवश्यक छ भन्न थालेको लामो समय भयो तर संरचनागत […]

Continue Reading

७ खर्बभन्दा धेरै सम्पत्ति बैंकहरूमा थुप्रियो, के के कती छ त?

अहिले बैंकहरूमा सात खर्ब रूपैयाँभन्दा धेरैको सम्पत्ति थुप्रिएको छ। पछिल्लो समय लगानी बढ्न नसक्दा र आर्थिक गतिविधि सुस्त भएकाले बैंकहरूमा सात अर्ब रूपैयाँभन्दा बढीको सुन, घर-जग्गा र नगद (कर्जा लगानी योग्य रकम) थुप्रिएको हो। बैंकमा थुप्रियो ६ खर्ब ६७ अर्ब रूपैयाँ बैंक तथा वित्तीय संस्थामा निक्षेप उच्चले बढिरहेको छ। सोही अनुपातमा कर्जा लगानी बढ्न सकेको छैन। यही कारण […]

Continue Reading

एसईई (SEE) मा पर्सा जिल्ला को निरासजनक अवस्था, ५.९% मात्र विद्यार्थी उत्तीर्ण

वीरगन्ज : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा पर्सा जिल्लामा ९४ प्रतिशत भन्दा बढी विद्यार्थी अनुत्तीर्ण (नन् ग्रेडिङ) भएका छन्।  शिक्षा विकास तथा समन्वय इकाई पर्साले दिएको जानकारी अनुसार एसईइमा पर्साबाट ९४.०९ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएका हुन्। गत चैत १५ देखि चैत १६ गतेसम्म सञ्चालित एसईई पर्साबाट कूल ९ हजार ३३८ जना विद्यार्थी सहभागी भएकोमा ती […]

Continue Reading