पौडी खेल्ने क्रममा डुबेर शनिबार पोखरामा एक जनाको मृत्यु

खोलामा पौडी खेल्ने क्रममा डुबेर शनिबार पोखरामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वत जिल्ला कुश्मा नगरपालिका वडा नम्बर १३ घर भई हाल पोखरा १७ छोरेपाटन बस्ने बर्ष २८ का विश्वास सुवेदी रहेको सशस्त्र प्रहरी बल नम्बर २४ कालिका गणका गणपति एसपी अरुण कुमार शर्माले जानकारी दिए । पोखरा महानगरपालिका १७ छोरेपाटन स्थित […]

Continue Reading

साँगामा सात वटा सवारी साधन एकापसमा ठोकिँदा २ घाइते

काभ्रेमा सात सवारी एकापसमा ठोकिँदा दुई जना घाइते भएका छन् । बुधबार बेलुका करिब ४ बजेको समयमा बनेपा नगरपालिका–१३ साँगामा सबै सवारीहरू एक आपसमा ठोकिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । प्रहरीका अनुसार साँगाको पुतली रिसोर्ट अगाडि हाइवेको साइडमा रोकी राखेको बा.प्र. ०१००३ क ९९४५ नम्बरको ट्याङ्करसँग साँगाबाट बनेपा तर्फ आइरहेको बा ६३ प […]

Continue Reading

शैक्षिक भ्रमणको लागि गएको बस दुर्घटना

बैतडीको मेलौली नगरपालिकामा रहेको मणिलेक नमुना माविको बस दुर्घटनामा परेको छ।शैक्षिक भ्रमणको लागि गएको बस बर्दियाको ठाकुरबाबा नगरपालिका-४ पूर्व पश्चिम राजमार्गमा दुर्घटनामा परेको हो। मेलौलीबाट शैक्षिक अवलोकन भ्रमणका लागि गएको ना ८ ख ६३६१ नम्बरको बस बुधबार बिहान ०५ः४५ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार रोकी राखेको ट्रकसँग उक्त बस ठोक्किएको […]

Continue Reading

बैतडी जिप दुर्घटना हुँदा चारजना घाइते

बैतडी-झुलाघाट खण्डमा जिप दुर्घटना हुँदा चारजना घाइते भएका छन्। बैतडीकाे गाेठालापानीबाट झुलाघाट जाँदै गरेकाे सु प्र प्र ०१ ज १५०० नम्बरकाे जिप दुर्घटना हुँदा चारजना घाइते भएका हुन्। घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल बैतडी ल्याइएकाे बैतडीका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए। जिप सडकबाट ५० मिटर तल खसेर भिरमा अड्किएकाे छ। दुर्घटनामा चालकसमेत घाइते […]

Continue Reading

आइतबार राति भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेको संख्या दुई पुग्यो

नारायणगढ–मुग्लिन सडकखण्डमा आइतबार राति भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेको संख्या दुई पुगेको छ । मृत्यु हुनेमा प्युठान नौबैइनी गाउँपालिका– ३ बस्ने १३ वर्षीय सोयन पुन र ट्रकका सहचालक जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका राम्चेका २१ वर्षीय राजन सुवेदी छन् । पुनको राति नै मृत्यु भएको हो भने सुवेदीको चितवन मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान […]

Continue Reading

नारायणी नदी किनारमा एक जना पुरुषको शव फेला

पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका-२ मा नारायणी नदी किनारमा एक जना पुरुषको शव फेला परेको छ । कन्टिनेन्टल बोर्डिङ स्कुल नजिक नारायणी नदी किनारमा गएराति अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय गैँडाकोटले बताएको छ । मृतकको पहिचान हुन सकेको छैन । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।शव पोष्टमार्टमका लागि जिल्ला सरकारी […]

Continue Reading

सिङ्गापुर एअरलाइन्स ‘टर्ब्युलेन्स’ : २० जान यात्रुको आईसीयूमा उपचार चल्दै

सिङ्गापुर एअरलाइन्सको उडानमा ‘टर्ब्युलेन्स’ अर्थात् हावामा अचानक हुने हलचलका कारण २० जना यात्रुको मेरुदण्डमा गम्भीर चोट लागेको पाइएको छ ।थाइल्यान्डको बैंककमा रहेको समितिभेज श्रीनकरिन अस्पतालका प्रमुख अदिनुन कित्तिरतानापाइबूलले अहिले ती २० जना यात्रुको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको बताउनुभएको छ । अस्पतालमा भर्ना हुनेमा एक जना दुई वर्षका बालक पनि रहेका छन् । […]

Continue Reading

कुरिनटारमा माइक्रोबस र टिपर ठोक्किँदा १३ जना घाइते, दुईको अवस्था गम्भीर

चितवनको इच्छाकामना–४ कुरिनटारमा माइक्रोबस र टिपर एकापसमा ठोक्किँदा १३ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार मुग्लिनबाट काठमाडौँतर्फ गइरहेको बा३ख ६६१० नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आइरहेकोे बा४ख ६४१७ नम्बरको टिपर पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ कुरिनटारमा आज बिहान एकापसमा ठोक्किँदा माइक्रोबसमा सवार १३ जना घाइते भएका हुन् । घाइते दुई जनाको अवस्था गम्भीर […]

Continue Reading

सल्यानमा जेसिबी दुर्घटना हुँदा एक जना घाइते

सल्यानमा जेसिबी दुर्घटना हुँदा एक जना घाइते भएका छन्। घाइते हुने शारदा नगरपालिका–१ का ३१ वर्षीय विक्रम बुढाथोकी हुन।  सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक भवनीप्रसाद धमलाका अनुसार घाइते बुढाथोकीको बाँकेको नेपालगञ्जस्थित नर्सिङ कलेजमा उपचार जारी छ। सोमबार राति साढे ९ बजेतिर लु १ क २३३८ नम्बरको जेसिबीले शिवजन माविको प्राङ्गणमा रहेको पर्खाल लगाउनका लागि जग […]

Continue Reading

टर्कीका ड्रोनले इरानी राष्ट्रपतिको हेलिकप्टर दुर्घटना भएको ठाउँ फेला पारेको दाबी

इरानी राष्ट्रपति इब्राहिम रायसीको खोजीमा टर्कीको ड्रोनले हेलिकप्टर दुर्घटना भएको स्थान पत्ता लगाएको छ । समाचार एजेन्सी अनाडोलुका अनुसार टर्कीले राष्ट्रपति रायसीको हेलिकप्टर दुर्घटनाको खोजी कार्यमा मद्दत गर्न ड्रोन पठाएको थियो । एजेन्सीले जारी गरेको ड्रोन फुटेजमा राति पहाडमा कालो दाग देखिएको छ । एजेन्सीका अनुसार फुटेजबाट प्राप्त जानकारी इरानी अधिकारीहरूसँग साझा गरिएको छ । […]

Continue Reading