नुन अधिकतम खुद्रा मूल्यभन्दा बढीमा बिक्रीवितरण गर्ने दुई फर्मलाई तीन–तीन लाख जरिवाना

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आयोडिनयुक्त नुन अधिकतम खुद्रा मूल्यभन्दा बढीमा बिक्रीवितरण गर्ने तथा उपभोग्य अवधि व्यतित भएका खाद्यवस्तु बिक्री गर्ने दुई फर्मलाई तीन–तीन लाख जरिवाना गरेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १३ सोल्टीमोडस्थित म्याक्रो मिनिमार्टले साल्टट्रेडिङ कर्पोरेसनबाट वितरित आयोडिनयुक्त नुन अधिकतम खुद्रा मूल्यभन्दा बढी लिई बिक्रीवितरण गरेको तथा ताहाचलस्थित मेगा मार्ट प्रालिले उपभोग्य […]

Continue Reading

मनसुन भित्रिएयता विपदबाट ७४ जनाको ज्यान गयो

गएको जेठ २८ गते देशमा मनसुन भित्रिएयता बाढी, पहिरो, चट्याङलगायत मनसुनजन्य विपदबाट ज्यान गुमाउनेको सङ्ख्या ७४ जना पुगेको छ ।विपदका कारण काठमाण्डौ उपत्यकामा एक जना, कोशी प्रदेशमा १८ जना, मधेस प्रदेशमा तीन जना, बागमती प्रदेशमा चार जना, गण्डकी प्रदेशमा २२ जना, लुम्बिनी प्रदेशमा १८ जना, कर्णाली प्रदेशमा चार जना र सुदूरपश्चिम प्रदेशमा चार जना गरी […]

Continue Reading

पछिल्लो २४ घण्टामा पश्चिमी क्षेत्रमा अत्यधिक वर्षा, बाढी र पहिरोबाट जनजीवन प्रभावित

गएको शुक्रवार रातिदेखि अति सक्रिय बनेको मनसुनी वर्षाले पछिल्लो २४ घण्टामा विशेषगरी सुदूरपश्चिम प्रदेशमा क्षति पुर्‍याएको छ । पश्चिमी क्षेत्रमा ठूलो वर्षासँगै डुबान र पहिरोका घटना भएका गृह मन्त्रालयले जनाएको छ । कञ्चनपुरको दोधारामा २४ घण्टामै पाँच सय ८८ मिलमिटर वर्षा भएको छ । यो वर्षा नेपालमा बर्षा मापन शुरु भएको ७७ बर्षे इतिहासमा २४ […]

Continue Reading

देशभर वर्षा ले जनजिवन प्रभावित: ९ जनाको मृत्यु, ६ जना बेपत्ता, ५० भन्दा बढी सडक अवरुद्ध

लगातारको वर्षाले देशैभर वितण्डा मच्चाएको छ। शुक्रबार साँझबाट देशका सबैजसो जिल्लामा वर्षा हुने क्रम झन् बढेको थियो। वर्षाले सिर्जना भएको बाढी, पहिरो र डुबानले देशैभर व्यापक मात्रामा जनधनको क्षति पुगेको छ। नेपाल प्रहरीका अनुसार पछिल्लो २४ घण्टामा मात्रै नाैं जनाको ज्यान गएको छ। यस्तै ६ जना वेपत्ता छन् भने दर्जनौं घाइते भएका छन्। प्रहरी प्रधान […]

Continue Reading

बाढी पहिरो चल्दा देशभर ३६ सडक बन्द

शुक्रबार रातिदेखि परिरहेको भारी वर्षाका कारण चलेको बाढी पहिरोका कारण देशभर ३६ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । नेपाल प्रहरीले बाढी पहिरोका कारण बाटो अवरोध सम्बन्धी विवरण सार्वजनिक गर्दै बाढी पहिरोका कारण ३६ वटा सडक खण्डमा सवारी आवागमन ठप्प भएको जानकारी दिएको हो । काठमाडौं उपत्यकासँगै जोडिएको कान्ति लोकपथ र चित्लाङ मकवानपुर सडक पूर्ण […]

Continue Reading

अविरल वर्षाका कारण पहिरो आउँदा हेटौँडा-काठमाडौँ जोड्ने तीन वटा सडक अवरुद्ध

अविरल वर्षाका कारण पहिरो आउँदा हेटौँडा-काठमाडौँ जोड्ने तीन वटा सडक अवरुद्ध भएको छ ।गएरातीदेखिको अविरल वर्षाका कारण पहिरो जाँदा हेटौँडा-काठमाडौँ जोड्ने सबैभन्दा छोटो मातातीर्थ-चखेल-महालक्ष्मी खोला हेटौंडा सडकखण्ड, सिस्नेरी-दक्षिणकाली सडकखण्ड र कान्तिलोक पथ अवरुद्ध बनेको हो । इन्द्रसरोवर गाउँपालिका-५ महालक्ष्मी दोभान नजिक र चखेल देउराली खण्डमा पहिरो गएको छ । इन्द्रसरोवर-२ छेपारेमा पनि पहिरो खस्दा बाटो […]

Continue Reading

एमाले अध्यक्ष ओलीको निजी निवास बालकोटमा खटिएका सुरक्षा प्रमुखको ज्यान गयो

नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको नीजि निवास बालकोटमा सुरक्षार्थ खटिएका सुरक्षा प्रमुख उमेश थापाको ज्यान गएको छ ।भक्तपुरको सूर्यविनायक नगरपालिका वडा–९ गुण्डु बस्ने सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकमा दरबन्दी भएका थापा अध्यक्ष ओलीको नीजि निवास बालकोटमा सुरक्षा प्रमुखका रूपमा खटिनुभएको थियो । सशस्त्र प्रहरी निरीक्षक ४२ वर्षका थापा हिजो बेलुका खाना […]

Continue Reading

रामेछाप बस दुर्घटनामा आठजना घाइते, तीनको अवस्था गम्भीर

रामेछापको लिखु तामाकोशी गाउँपालिका– ६ खिम्तीको बिर्ता लामपानीमा आज बिहान बस दुर्घटना हुँदा चालकसहित आठजना घाइते भएका छन् । सोही वडाको गैरी हुँदै मन्थलीतर्फ आउँदै गरेको बा.५ख ५६२४ नम्बरकाे अरनिको यातायात प्रालिको बस हिलोमा चिप्लिएर दुर्घटना भएको र घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरीले बताए । दुर्घटनामा घाइते भएकाकाे खिम्तीमा रहेको […]

Continue Reading

दुई सातामा प्राकृतिक विपत्तिमा परी कोशीमा २४ जनाले ज्यान गुमाए

बर्खा लागेसँगै कोशी प्रदेशमा पछिल्लो दुई सातामा विपतमा परी २४ जनाले ज्यान गुमाएका छन्।प्रदेश प्रहरी कार्यालय कोशीका अनुसार ३० जेठदेखि बुधबारसम्म बाढीपहिरो र चट्याङका कारण २४ जनाले ज्यान गुमाएका हुन्। बाढीपहिरोमा परी १८ र चट्याङबाट ६ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। बाढीपहिरो र चट्याङका कारण झापामा पाँच, मोरङमा ६, सुनसरीमा दुई, […]

Continue Reading

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७ दशमलव ८६ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका छन् । उनीहरुले कक्षा ११ पढ्न पाउनेछन् । दुई लाख ४२ हजार ९२ जना विद्यार्थी अर्थात ५२ दशमलव १४ प्रतिशतको ननग्रेड अर्थात् एनजी आएको छ । एक सय ८६ जनाले चार जिपीए […]

Continue Reading