नगर प्रहरी प्रमुख पाण्डेले महिला कर्मचारीमाथि गरेको दुर्व्यवहार आरोपबारे किन चुप छिन् उपमेयर?

काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले आफूलाई दुर्व्यवहार गरेको भन्दै निवेदन दिएकी कर्मचारीले एक महिना बितिसक्दा पनि न्याय पाएकी छैनन्। नगर प्रहरीको हवल्दार पदमा कार्यरत गंगा उप्रेतीले गत मंसिर ९ गते प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र त्यसको केही समयपछि उपमेयर सुनिता डंगोलसमक्ष निवेदन दिएकी थिइन्। तर उनीहरूले पाण्डेमाथि कुनै पनि कारबाही अघि बढाएका छैनन्। […]

Continue Reading

जापानमा दैनिक दुई लाख बढीमा कोरोना संक्रमण

जापानमा पछिल्लो समयमा कोरोना भाइरसको संक्रमण तीव्र रूपमा बढेको छ। जापानको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा दुई लाख भन्दा बढी सक्रमित फेला परेका छन्।  यो संख्या अगष्ट पछिकै सबैभन्दा धेरै हो। अगष्ट १९ मा जापानमा दुई लाख ६१ हजार २५२ जनामा सङ्क्रमण देखिएको थियो।  पछिल्लो २४ घन्टामा २ लाख २ हजार ८५३ संक्रमित फेला […]

Continue Reading

प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ वटै क्षेत्रको मतपरिणाम आयो, कुन पार्टीले कति जिते ?

मङ्सिर ४ मा सम्पन्न भएको निर्वाचनको प्रत्यक्षतर्फको सम्पूर्ण स्थानको मतपरिणाम आएको छ । आज बिहान दोलखाको अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै प्रतिनिधिसभा अन्तर्गतको प्रत्यक्ष तर्फको १६५ स्थान कै नतिजा आएको छ । प्रत्यक्षतर्फको १६५ स्थानको नतिजा अनुसार नेपाली कांग्रेसले सर्वाधिक सिट जितेको छ । कांग्रेसले ५७ सिट जितेको हो । त्यस्तै नेकपा एमालेले ४४ सिट जितेको छ भने नेकपा माओवादी […]

Continue Reading

दीपक मनाङ्गे निर्विरोध निर्वाचित

मनाङ। सङ्घीयता कायम भएपछिको दोस्रो प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रक्रियागत कार्यक्रम सञ्चालन भइरहेका छन् । हिमाली जिल्ला मनाङबाट प्रदेशसभा सदस्यमा दीपक मनाङ्गे (राजीव गुरुङ) निर्विरोध निर्वाचित हुनुभएको छ । मनाङको प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ बाट प्रदेशसभा सदस्यका स्वतन्त्र उम्मेदवार दोर्जे लामा गुरुङले आज उम्मेदवारी फिर्ता लिएपछि मनाङ्गे निर्विरोध निर्वाचित हुनुभएको हो । मनाङ्गेलाई आजै […]

Continue Reading

बागी उम्मेदवारलाई कांग्रेसले गर्‍यो पाँच वर्षका लागि निष्कासन

काठमाडौं। नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने चुनावमा पार्टीको निर्णय विपरीत बागी उम्मेदवारी दिनेहरूलाई पार्टीबाट निष्कासन गरेको छ । नेपाली कांग्रेसका मुख्ख सचिव कृष्णप्रसाद पौडेलले बुधवार विज्ञप्ति निकालेर बागी उम्मेदवारी दिने व्यक्ति र उनका प्रस्तावक तथा समर्थकलाई पाँच वर्षका लागि पार्टीको साधारण सदस्यबाटै निष्कासन गरिएको जानकारी गराएका हुन् । गठबन्धनका दलले हिजो मंगलबार नै […]

Continue Reading

धरहरा निर्माण सकिन अझै एक वर्ष

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ११ वैशाख ०७८ मा पुनर्निर्माण अधुरै रहँदा उद्घाटन गरेको धरहरा निर्माण अझै सकिएको छैन । पुनर्निर्माण सकिएको भन्दै ओलीले त्यतिवेला उद्घाटन गरे पनि हालसम्मको कार्य प्रगति निकै कम छ ।हालसम्म भौतिकतर्फ ७६ प्रतिशत र बजेटतर्फ ६६ प्रतिशत मात्रै कार्य प्रगति भएको छ । ठेकेदार कम्पनीका अनुसार धरहराको बाँकी काम सकिन अझै एक वर्ष […]

Continue Reading

सखुवा प्रसौनी र पटेर्वा सुगौली २ स्थानीय पालीका जोड्ने पुल नबन्दा यात्रु र सवारी साधनलाई यस्तो सास्ती

बाराको जितपुर  देखी पश्चिम क्षेत्रको पर्सा को ठोरी जाने बाटो को मुख्य सडक जनता राजमार्ग हो । जितपुर देखि सिरही सम्म र रङपुर देखी माथी करीब १९ किलोमिटर सडक कालोपत्रे गरेको पाँच वर्ष भयो । तर, सडक को बिच खण्डमा पर्ने तिन वटा खोलामा पुल नहुँदा यात्रु, बिरामीसंगै सवारी चालकले, एम्बुलेन्स ले समेत सास्तै खेप्दै […]

Continue Reading

दशैंमा मासु खाँदा अड्किएर चितवनमा १ जनाको ज्यान गयो

चितवन । दशैंमा मासु खानेक्रममा अड्किएर १ जनाको ज्यान गएको छ । कालिका नगरपालिका वडा नं.८ गैरीबारीका ५० बर्षिय धनबहादुर दानी क्षेत्रीको मृत्यु भएको हो । हिजो दशैको अष्टमीको साँझ करिव ७:३० बजे खाना खाने क्रममा मासुको हड्डी अड्किएर क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मासु अड्किएपछी उपचारको क्रममा जुटपानी बजार […]

Continue Reading

डेंगी नियन्त्रणमा सरकारले काम गर्न सकेन : महामन्त्री थापा

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले डेंगी नियन्त्रणमा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि जनाएका छन् । काठमाडौं- ४ मा भएको पार्टी प्रवेश गराउने कार्यक्रममा बोल्दै सरकारले डेंगी नियन्त्रणमा जसरी काम गर्नुपर्ने थियो त्यसरी नगरेको र जिम्मेवारी पूरा नगरेकोमा असन्तुष्टि जनाएका हुन् । ‘डेंगी नियन्त्रणमा सरकारले काम गर्न सकेन । यो सरकारले जसरी काम गर्नुपर्ने थियो, त्यसरी […]

Continue Reading

गाउँपालिका अध्यक्ष यादवमाथि आक्रमणको प्रयास

९ असोज, वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवमाथि आक्रमणको प्रयास भएको छ । वडा नं २ मा रहेको गाउँपालिका कार्यालयबाट वडा नंं६ स्थित घर फर्किंदै गर्दा यादवमाथि आक्रमणको प्रयास भएको हो । १०/१२ जनाको संख्यामा रहेका समूहको आक्रमणबाट अध्यक्ष यादवसँगै रहेका ऋषिकुमार सहनी र नगेन्द्रप्रसाद यादव घाइते भएका छन् । सहनीको हात […]

Continue Reading