
अकल्याण्ड – न्युजिल्याण्ड नेपल सोसाइटी इन्क (NZNS) ले आउँदो शनिबार, २३ अगस्ट २०२५ मा अकल्याण्डको फ्रीमेन्स बे कम्युनिटी हलमा “तीज महोत्सव २०२५” तथा संस्थाको ३०औँ वार्षिकोत्सवको भव्य समारोह आयोजना गर्न लागेको छ। अपराह्न ४ बजेदेखि सुरु हुने यो कार्यक्रम निःशुल्क प्रवेशसहित सबैका लागि खुला रहनेछ।
यस वर्षको विशेष आकर्षण दुई चरणमा विभाजित गरिएको छ।
पहिलो सत्र: NZNS ३० वर्षको यात्रा उत्सव
- ‘स्वागत’ वार्षिक पत्रिकाको आधिकारिक विमोचन
- न्यूजिल्याण्डका मन्त्री, संसद सदस्य, प्रहरी उच्च अधिकारी र सरकारी प्रतिनिधिहरूको विशेष उपस्थिती
- ‘अर्डर अफ मेरिट’ सम्मान ग्रहणकर्ताहरूको सम्मान
- संस्थाका पूर्व नेतृत्व तथा नेपाली समुदायमा योगदान पुर्याउने व्यक्तिहरूको सम्मान
दोस्रो सत्र: तीज उत्सव
- नेपाली सांस्कृतिक झलक प्रस्तुत गर्ने आकर्षक प्रस्तुति
- मौलिक नेपाली खानपान
- भाग्यशाली सहभागीहरूका लागि गिफ्ट भौचर
- डीजे ओ’निलको प्रस्तुतिसहित फ्लोर डान्स
आयोजकले हालसम्म ३५० भन्दा बढी उपस्थितीको पुष्टि भइसकेको र खानपान व्यवस्थाका लागि सहभागीहरूलाई शीघ्र RSVP गर्न अनुरोध गरेका छन्।
RSVP फारम लिंक: RSVP फारम
नयाँ सदस्यता वा नवीकरणका लागि: [NZNS Membership Form 2025-2026]
NZNS ले सबै नेपाली तथा बहुसांस्कृतिक समुदायलाई एक परिवारको रूपमा एकै ठाउँमा भेला भई संस्कृति, सम्बन्ध र एकताको उत्सव मनाउन हार्दिक निमन्त्रण गरेको छ।