अकल्याण्डमा नेपाली स्टार फुटबलर सबित्री भण्डारी ‘सम्बा’सँग विशेष भेटघाट कार्यक्रम सेप्टेम्बर २८ मा, विद्यार्थी लाई $२५ मात्र

अन्तर्राष्ट्रिय कला खेलकुद घटना

न्युजिल्याण्डको फुटबल क्लब वेलिङ्टन फिनिक्सबाट खेल्दै आएकी नेपाली स्टार स्ट्राइकर सबित्री भण्डारी ‘सम्बा’ अब अकल्याण्डमा हुने Meet & Greet कार्यक्रममा सहभागी हुने भएकी छिन्।

आगामी सेप्टेम्बर २८, आइतबार, साँझ ५ बजेदेखि राति १० बजेसम्म अकल्याण्डस्थित Cordis Hotel मा आयोजना हुने कार्यक्रममा सहभागीहरुले सबित्री भण्डारीसँग प्रत्यक्ष भेटघाट गर्ने अवसर पाउनेछन्। कार्यक्रममा सहभागीता जनाउनका लागि साधारण प्रवेश शुल्क ४० डलर तथा विद्यार्थी टिकट २५ डलर तोकिएको छ। टिकटमा ३ कोर्स डिनर समेत समावेश गरिएको आयोजकले जनाएको छ।

नेपालकै उत्कृष्ट महिला फुटबल खेलाडी सबित्री भण्डारी हाल वेलिङ्टन फिनिक्स एफसीबाट पेशागत फुटबल खेल्दै अन्तर्राष्ट्रिय स्तरमा नेपाली महिला फुटबललाई नयाँ पहिचान दिलाइरहेकी छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *