
न्यूजिल्यान्डको अकल्याण्डमा Hamro Ekata को आयोजनामा ‘Bhajan Saj’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
आइतबार साँझ माउन्ट इडेनस्थित तहाकी रिजर्भमा आयोजना गरिएको कार्यक्रममा नेपाली समुदायको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममार्फत आध्यात्मिक चेतना, सांस्कृतिक एकता र सामुदायिक सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ। भक्तिगीत, भजन र सामूहिक सहभागिताले कार्यक्रमलाई भावनात्मक र अनुशासित वातावरण प्रदान गरेको थियो।
आयोजकका अनुसार, अकल्याण्डमा यस प्रकारको भजन केन्द्रित सामुदायिक कार्यक्रम सम्भवतः पहिलोपटक आयोजना गरिएको हो, जसले नेपाली समुदायबीच सकारात्मक सन्देश प्रवाह गरेको छ।


