
अकल्यान्डमा नेपाली हिपहप प्रेमीहरूका लागि दुई वटा छुट्टाछुट्टै ठूला कन्सर्टहरू हुँदैछन्! 🇳🇵🎶
पहिलो, “नेफहप नाइट” नामक कन्सर्टमा Laure & DA69 ले धमाकेदार प्रस्तुति दिने भएका छन्। यो कार्यक्रम Lakhey Event द्वारा आयोजना गरिएको हो र Grace International मुख्य प्रस्तुतकर्ता रहेको छ। कन्सर्ट १० नोभेम्बर २०२५ मा Studio The Venue मा हुने छ। 🎤🔥
दोस्रो, नवाज अन्सारी ले आफ्नो “सम्राज्य टुर न्यूजिल्याण्ड” अन्तर्गत ३० नोभेम्बर २०२५ मा त्यही स्थल Studio The Venue मा लाइभ प्रस्तुति दिने भएका छन्। यो कार्यक्रम Kumari Event को आयोजनामा र White Cloud Immigration and Education Services को प्रस्तुतीमा हुनेछ। 🎧
दुवै कार्यक्रमले अकल्यान्डको हिपहप वातावरणलाई नयाँ उचाइमा पुर्याउने र नेपाली युवामाझ संगीतको उत्साह बढाउने अपेक्षा गरिएको छ।


