
बिरगंज — सेप्टेम्बर ८ र ९ मा देशभर उर्लिएको Gen-Z आन्दोलनले मुलुकका हजारौं युवा सडकमा उतारेको थियो। परिवर्तन र न्यायका लागि नारा लगाइएका ती दिनहरूमा थुप्रै निर्दोष नागरिकले प्रहरी प्रशासनको बल प्रयोग र दमन सहनु परेको समाचार आएका छन्।
यही अवस्थामा पर्सा जिल्लाका अधिवक्ता मेराज मियाँले पीडित तथा आन्दोलनकारीहरूको पक्षमा दृढतापूर्वक उभिन घोषणा गरेका छन्। उनले पर्सा जिल्ला अदालत, बिरगंजबाट विज्ञप्ति जारी गर्दै आन्दोलनलाई दबाउन सरकारले गरेको कठोर कदम वा प्रहरी प्रशासनले गरेको गैरकानुनी गतिविधि विरुद्ध आफू सधैं अग्रपंक्तिमा रहने जनाएका छन्।
मियाँले भनेका छन्, “कुनै पनि निर्दोषलाई अन्याय सहन बाध्य पार्ने काम अस्वीकार्य छ। नागरिकको हक–अधिकार रक्षा गर्नु मेरो दायित्व हो। पीडित पक्षलाई म निःशुल्क कानुनी सहयोग दिन तयार छु।”
उनले यो कदमलाई केवल कानुनी लडाइँ नभई सामाजिक जिम्मेवारीको रूपमा पनि लिएका छन्। समाजका कमजोर, आवाज उठाउन नसक्ने, र दबिएका नागरिकलाई आवाज दिने संकल्पसहित उनले अदालतमा निःशुल्क रूपमा मुद्दा लड्ने प्रतिज्ञा गरेका छन्।
Gen-Z आन्दोलनमा सहिद भएका युवाको पीडा, परिवारको आक्रोश र भविष्यप्रति अनिश्चिततामा परेको पुस्ताको चीत्कारप्रति संवेदनशील रहँदै मियाँले जनताको न्यायको पक्षमा सधैं उभिने बताए।
उनले थपे, “नागरिकको आँसु देख्दा मौन बस्न सक्दिनँ। कानून र न्यायको शासन कायम गर्न म जस्तोसुकै चुनौतीमा पनि तयार छु।”
सम्पर्क नम्बर: 9855011847, 9817225275