क्यान्टाबरी नेपाली सोसाइटीको १०औँ साधारण सभा सम्पन्न, जीवन अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्बिरोध चयन

सबै अन्तर्राष्ट्रिय

क्यान्टाबरी नेपाली सोसाइटीको १०औँ साधारण सभा आज सफलतापूर्वक सम्पन्न भएको छ। सभामा संस्थाका अध्यक्ष श्री दीपक पाण्डेयज्यूले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष श्री नारायण सुवेदीज्यूले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदनमाथि विस्तृत छलफलपछि सर्वसम्मत रूपमा पारित गरिएको छ।

साधारण सभाको निर्वाचन सत्र निवर्तमान उपाध्यक्ष श्री जीवन अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्बिरोध चयन गरिएको हो। निर्वाचन प्रक्रियामा कुनै पनि प्रतिस्पर्धी उम्मेदवारी नआएकाले सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू सर्वसम्मत रूपमा चयन भएका हुन्। निर्वाचन मण्डलको भूमिकामा संस्थापक अध्यक्ष श्री विष्णु पोखरेल तथा पूर्व अध्यक्षद्वय श्री ध्रुव खनाल र श्री खिमा नन्द रिजाल रहनुभएको थियो।

आजको साधारण सभाबाट चयन गरिएको नयाँ कार्यसमितिमा उपाध्यक्षमा संस्थापक श्री विनोद कँडेल, सचिवमा श्री दुर्गा अर्याल, सह–सचिवमा श्रीमती कोपिला काफ्ले तथा कोषाध्यक्षमा श्री केशव कँडेल चयन हुनुभएको छ।

त्यसैगरी कार्यसमिति सदस्यहरूमा श्रीमती प्रतिमा ढकाल आचार्य, श्री तीर्थमणि अर्याल, श्री विजय भुशाल, श्रीमती नबिना के.सी., श्री बद्री अधिकारी, श्री विजय बराल, श्री विशाल गौतम तथा श्री चेतन शर्मा चयन हुनुभएको छ।

साधारण सभामा सहभागी सदस्यहरूले संस्थाको हालसम्मको गतिविधि, उपलब्धि तथा आगामी कार्यदिशाबारे महत्वपूर्ण सुझावहरू प्रस्तुत गरेका थिए। नव–निर्वाचित कार्यसमितिले ती सुझावहरूलाई आत्मसात गर्दै संस्थाका कार्यक्रमहरूलाई अझ प्रभावकारी, समावेशी र पारदर्शी बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ।

कार्यक्रमको अन्त्यमा नव–निर्वाचित अध्यक्षले क्यान्टाबरी क्षेत्रमा रहेका सम्पूर्ण नेपाली समुदायलाई एकताबद्ध गर्दै सोसाइटीलाई सबैको साझा संस्था बनाउने लक्ष्य व्यक्त गर्नुभयो। उहाँले साधारण सभा सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण सदस्य, निर्वाचन मण्डल, पूर्व पदाधिकारी तथा शुभेच्छुकहरूप्रति धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *