काठमाडौँ। सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले नेपाल नेपाल राष्ट्र बैंकको गभर्नरमा डा.विश्व पौडेल नियुक्त गर्ने सहमती गरेका छन् ।
मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले गभर्नर पौडेललाई बनाउने सहमती गरेको नेपाली कांग्रेसका एक शिर्ष नेताले जानकारी दिए ।

प्रधानमन्त्री ओली र सभापति देउवाले गभर्नरको नाम टुंगाएपछि औपचारिकता पुरा गर्न लागिएको छ । त्यसका लागि गर्भनर सिफारिस समितिको बैठक राखि डा पौडेल र राष्ट्र बैंकका डेपुटी गभर्नर नीलम ढुगानासहित अर्का एक जनालाई गभर्नरमा सिफारिस गर्न लागिएको जनाइएको छ ।
समितिले सिफारिस गरेपछि आजै मन्त्रिपरिषद्को बैठक बसी पौडेललाई गभर्नरमा नियुक्त गर्ने बालुवाटार स्रोतले जनाएको छ ।
पौडेल कांग्रेसका तर्फबाट चितवन क्षेत्र न १ मा प्रतिनिधि सभा सांसदका लागि उम्मेद्वार बनेका थिए । रास्वपाका उम्मेद्वार हरि ढकालसँग ९ हजार मतले हारेका थिए ।
ढकालले ३४ हजार २ सय ४८ मत ल्याउँदा डा पौडेलले २५ हजार २२ मत प्राप्त गरेका थिए ।