गाजामा बन्धक रहेका २२ जनामध्ये नेपाली विद्यार्थी बिपिन जोशी पनि ‘जीवित सूची’मा

घटना नेपाल

इस्रायलले सार्वजनिक गरेको नयाँ सूची अनुसार हालसम्म गाजामा हमासको नियन्त्रणमा रहेका २२ जना बन्धकमध्ये नेपाली नागरिक बिपिन जोशी पनि “जीवित रहेको सम्भावित सूची”मा परेका छन्।

अमेरिकी समाचार संस्था एपी (AP)टाइम्स अफ इजरायलले प्रकाशित विवरणमा ती २२ जनाको नाम उल्लेख गरिएको छ, जसलाई इस्रायली अधिकारीहरूले अझै जीवित रहेको विश्वास गरेका छन्। उक्त सूचीमा विभिन्न उमेर र पृष्ठभूमिका इजरायली नागरिकहरूसँगै बिपिन जोशीको नाम पनि समावेश गरिएको छ।

बिपिन जोशी सुदूरपश्चिमको कैलालीका बासिन्दा हुन्। उनी इस्रायलको साउदर्न कम्युनिटीमा “लर्न एन्ड अर्न” कार्यक्रमअन्तर्गत अध्ययनरत नेपाली विद्यार्थी समूहसँगै गएका थिए। २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमणपछि उनी अपहरणमा परेका थिए। त्यसयता उनको अवस्थाबारे ठ्याक्कै जानकारी नआए पनि पछिल्ला प्रमाण र भिडियोहरूका आधारमा उनी अझै जीवित रहेको सम्भावना इस्रायली अधिकारीहरूले जनाएको छ।

यसअघि सीएनएन लगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले बिपिनको अवस्था “अज्ञात” रहेको उल्लेख गरेका थिए। तर हाल आएको सूचीमा उनको नाम समावेश भएपछि नेपाल र इस्रायल दुबै देशमा नयाँ आशा पलाएको छ।

इस्रायली अधिकारीहरूले भने यो सूची प्रारम्भिक तथ्य र उपलब्ध प्रमाणका आधारमा तयार गरिएको र सम्पूर्ण विवरण पुष्टि गर्न थप समय लाग्ने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *