
जीतपुरसिमरा उपमहानगर समितीकाे आयोजनामा तीज विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीतर्फबाट देशकै कान्छी सांसद तथा प्रतिनिधि सभा सदस्य माननीय निशा डांगी, मधेश प्रदेशकाे प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य कामिनी चौधरी, केन्द्रीय सदस्य प्रमिला कुलुजुकाे, बागमती प्रदेश महिला संगठन विभागकी उपप्रमुख स्वस्तिका लामिछाने, प्रदेश उपसभापति राधिका न्यौपाने, प्रदेश सहमहामन्त्री गणेश धिमालसहित जिल्ला, नगर, क्षेत्र र विभिन्न पालिकाका पदाधिकारीहरूको उल्लेख्य उपस्थिति थियो।

झण्डै ४ हजार जनाको उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा सिमरास्थित माझाघरे सभाहल खचाखच भरिएको थियो। कार्यक्रममा राष्ट्रिय स्तरका चर्चित कलाकार बिन्दु कार्की र प्रदीप त्रिपाठीले आकर्षक प्रस्तुती दिएका थिए।