डा. लेखजंग थापाले डिभोर्सको कागजात सार्वजनिक

घटना राजनीति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता डा. लेखजंग थापाले आफ्नो पहिलो श्रीमतीसँग डिभोर्स भइसकेको कानुनी कागजात सार्वजनिक गरेका छन्।

हालै सार्वजनिक भएका विभिन्न आरोप–प्रत्यारोपबीच उनले प्रमाणसहित डिभोर्स प्रक्रिया वैध तरिकाले सम्पन्न भइसकेको देखाएका हुन्। यसअघि उनको दुईवटा विवाहबारे विभिन्न विवाद उठाइएको थियो।

थापाका समर्थकहरूले व्यक्तिगत जीवन खोतल्ने प्रवृत्तिलाई आपत्ति जनाएका छन्। उनीहरूका अनुसार वैध डिभोर्सपछि पुनः विवाह गर्नु कानुनसम्मत भएकाले यसलाई विवाद बनाइरहनुपर्ने आधार छैन। बरु समाजमा वास्तविक अपराध र दुराचारलाई प्रश्न गर्ने समय आएको उनीहरूको भनाइ छ।

यसै सन्दर्भमा थापाका निकटवर्तीयहरूले राजनीतिक प्रतिस्पर्धामा चरित्र हत्या गर्नेभन्दा पनि यौन हिंसा, नक्कली शरणार्थी प्रकरण, मानव तस्करी जस्ता गम्भीर विषयमा प्रश्न उठाउनुपर्नेमा जोड दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *