तलब खाएर काम नगर्नु पनि भ्रष्टाचार हो : सामाजिक सञ्जालमा बहस

घटना
file photo

धरान उपमहानगरपालिकाका मेयर Harka Sampang लक्षित गर्दै सामाजिक सञ्जालमा कडा आलोचना गरिएको छ। सञ्जोग हुमागाईंले ‘Harka Sampang A Revolution’ नामक फेसबुक पेजमार्फत सार्वजनिक गरेको स्टाटसमा मेयरको कार्यालय समय (१०–४) मा फेसबुक गतिविधिमा सक्रिय हुनु अनुचित भएको टिप्पणी गरिएको छ।

उक्त स्टाटसमा करदाताको पैसाबाट तलब खाने जनप्रतिनिधिले कार्यालय समयमा सामाजिक सञ्जालमा स्टाटस लेखेर समय बिताउनु भ्रष्टाचारकै रूप भएको आरोप लगाइएको छ। काम गर्न मन नलागे राजीनामा दिनुपर्ने र त्यसपछि निजी हैसियतमा जे लेखे पनि रोकटोक नहुने तर कार्यालय आवरमा जनताको पैसाबाट तलब खाएर काम नगर्ने अधिकार कसैलाई नभएको भनाइ राखिएको छ।

पोस्टमा भ्रष्टाचारलाई घुस खाने मात्र नभई तलब खाएर काम नगर्नु तथा अफिस समयमा फेसबुकमा समय बिताउनु पनि भ्रष्टाचार नै भएको दाबी गरिएको छ। साथै, गाली होइन काम, स्टाटस होइन जिम्मेवारी चाहिएको भन्दै जनप्रतिनिधिबाट परिणाममुखी कामको माग गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *