दुधौरा रमाइलो मेला आज देखि सुरु हुँदै

नेपाल कला

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ४ र १४ लाई जोड्ने दुधौरा पुलमा विहिवारदेखि रमाईलो मेला सुरु हुदैछ । मेलाको जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले उद्घाटन गर्ने भएका छन् ।

यसअघि माघ १ गतेदेखि सुरु हुने भनिएको मेला प्राविधिक कारण देखाउदै आयोजकले ५ गतेका लागि सारेको थियो । लिड इन्टरटेन्टमेन्ट एण्ड एड्भरटाईजिङको मुख्य आयोजना र युजा समाज डुमरवानाको सहआयोजनामा मेला हुन लागेको हो ।

माघ २० गतेसम्म संचालन हुने मेलाले स्थानीय व्यापारव्यवसायलाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ । मेलामा व्यवसायसंगै राष्ट्रिय तथा स्थानीय कलाकारको मनोरञ्जनात्मक प्रस्तुति रहने आयोजक लिड इन्टरटेन्टमेन्टका अध्यक्ष बिमल खड्गीले जानकारी दिएका छन् ।जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १४ को व्यवस्थापकीय सहयोगमा हुन लागेको मेलामा ५० वटा व्यवसायिक स्टल रहनेछन् । मेला आयोजकले बालबालिकाका लागि बाल उद्यान र सेल्फी जोन राख्ने तयारी गरेको छ ।

मेलामा प्रमोद खरेल, मिस्टर डी, प्रकाश सपुत, पशुपति शर्मा, अस्मिता अधिकारी, ज्योती मगरलगायत ५० जना भन्दा कलाकारको प्रस्तुति रहने अध्यक्ष खड्गीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *