
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा पर्सागढी नगरपालिकामा पुराना पार्टी परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्नेहरूको संख्या उल्लेख्य रूपमा बढेको छ। स्थानीय तहमा रास्वपाप्रतिको जनआकर्षण तीव्र रूपमा बढिरहेको देखिएको छ।
मनवा बजारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा रास्वपा पर्सागढी नगर सभापति कवि अर्यालको अध्यक्षतामा नेता **डॉ. चन्द्र भूषण सिंह**ले कांग्रेस परित्याग गरेका दुई दर्जन युवालाई पार्टीमा स्वागत गरेका हुन्।
पार्टी प्रवेश गर्नेहरूमा पर्सागढी–८ हरपुरका समाजसेवी रविशंकर दास चौधरी, वडा नं. ९ का कांग्रेस वडाध्यक्ष प्रत्यासी निरज चौधरी, पर्सागढी–१ का समाजसेवी मीनबहादुर भण्डारी, पर्सागढी–९ का भूपू प्रहरी रामाधारी यादव लगायत रहेका छन्।
यसैगरी, पर्सागढी–४ बकनेरवा गाउँमा समाजसेवी बालेश्वर दास पंजीयारको अध्यक्षतामा आयोजित कार्यक्रममा ठूलो संख्यामा युवा तथा अग्रज व्यक्तिहरू रास्वपामा प्रवेश गरेका छन्।
कार्यक्रममा बोल्दै डा. चन्द्र भूषण सिंहले रास्वपा देशको “एक मात्र आशा” भएको दाबी गर्दै निर्वाचनपछि बालेन शाहको नेतृत्वमा सरकार बन्ने र त्यसले सुशासन तथा परिवर्तनको नयाँ अध्याय सुरु गर्ने बताए।


