फस्टाउदै योङ नीति ब्याण्ड, सदा झै यसपाली पनी कृष्ण   जन्माष्टमीका दिन पथलैयामा सांगीतिक कार्यक्रम हुदै,

मनोरञ्जन कला फोटो फिचर

नेपाली हरुको महान चाड  कृष्ण जन्माष्टमीको अवसरमा पथलैयामा सांगीतिक कार्यक्रम हुने भएको छ । कृष्ण जन्माष्टमीको अवसरमा प्रत्येक वर्ष पथलैयामा सांगीतिक कार्यक्रम हुदै आएको थियो। पछिल्लो केही वर्ष कोभिड १९ का कारण कार्यक्रम हुन नसकेको भएता पनी  सदाझै यसपाली पनी भदौ ३ गते को दिन कृष्ण जन्माष्टमीको अवसरमा  राष्ट्रिय तथा स्थानीय कलाकारको उपस्थितीमा सांगीतिक कार्यक्रम हुने भएको हो ।

स्थानीय युवाहरुको सहभागिता रहेको योङ नीति ब्याण्डले कार्यक्रमको मुख्य आयोजना गर्न लागेको हो । कार्यक्रमका लागी सम्पूर्ण तयारी सुरु भइसकेको ब्याण्डका अध्यक्ष मनिक धौजुले जानकारी दिए । कार्यक्रम को अनुमानित बजेट आठ लाख सत्तरी हजार रहेको छ।

कार्यक्रम को मुख्य आकर्षण युवाहरुको ढुकढुकी मिस्टर डि भनिने संदिप बिस्ट साथै सबै वर्ग लाई नचाउन सफल लोक गायिका शोभा त्रिपाठी साथ मा योङ नीति ब्याण्ड र  विक भिक्टिम (weak victim) को विजोड प्रस्तुती रहेको छ भने बिभीन्न स्थानीय कलाकार हरु ले आफ्नो कला देखाउदै सबै को मन जीती कार्यक्रम लाई थप रोमाञ्चक बनाउने बताउनुभयो।

जन्माष्टमीका दिन पथलैयास्थित कृष्ण मन्दिरमा पूजा गर्नका लागि भक्तजनको भिड लाग्ने गरेको छ । सोही अवसरमा कृष्ण मन्दिरको खुल्ला चौरमा स्थानीय युवाको सक्रियतामा सांगीतिक कार्यक्रम र श्रष्टा सम्मान कार्यक्रम हुदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *