
पर्सा, फागुन २१ — आउँदो निर्वाचनलाई लिएर पर्सा जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पक्षमा जनलहर तीव्र रूपमा बढिरहेको देखिएको छ। स्थानीय बासिन्दा तथा हालै सम्पन्न एक सर्वेक्षणअनुसार पर्सा जिल्लाका चारै निर्वाचन क्षेत्र (१, २, ३ र ४) मा रास्वपाले क्लिन स्वीप गर्ने सम्भावना बलियो बनेको छ।see
सर्वेक्षणले पर्सा जिल्लामा परिवर्तनको एजेन्डामा जनताको निरन्तर साथ रहेको स्पष्ट पारेको छ। लामो समयदेखि दोहोरिँदै आएको राजनीतिक अभ्यासबाट दिक्क भएका मतदाताहरू यसपटक नयाँ, इमानदार र जवाफदेही नेतृत्वको खोजीमा रहेको निष्कर्ष निकालिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट पर्सा क्षेत्र नम्बर १ मा पर्सा जिल्ला सभापति हरि पन्त उम्मेदवारका रूपमा मैदानमा उत्रिनु भएको छ। त्यस्तै क्षेत्र नम्बर २, ३ र ४ मा क्रमशः शुशिल कुमार साह कानु, रमाकान्त चौरसिया र टेक बहादुर शाक्य उम्मेदवार रहेका छन्।
सर्वेक्षणअनुसार मतदाताहरू कसैको मन नदुखाउने, सबैलाई आशा र भरोसा दिलाउने तथा वास्तविक परिवर्तनको पक्षमा उभिने उद्देश्यसहित घण्टी चिन्हमा मतदान गर्ने मनसाय बनाइरहेका छन्। यसले पर्सा जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीको बलियो पकड र ऐतिहासिक जितको सम्भावनालाई अझ सुदृढ बनाएको विश्लेषण गरिएको छ।


