बारा जिल्लामा SEE २०८१ को नतिजा सार्वजनिक, पास दर ३३.७४ प्रतिशत मात्रै

घटना नेपाल

कलैया, बारा — शिक्षा विकास तथा समन्वय इकाई, कलैया बाराले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८१ को नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक नतिजा अनुसार, बारा जिल्लाबाट परीक्षा दिएको कुल ८१३३ जना विद्यार्थीमध्ये मात्र २७४४ जना विद्यार्थी पास भएका छन्। यसअनुसार, जिल्लाको कुल पास दर ३३.७४ प्रतिशतमा सीमित भएको छ।

नतिजा अनुसार सबैभन्दा बढी विद्यार्थीहरू GPA २.८० देखि ३.२० को समूहमा परेका छन्, जसको संख्या १०४२ रहेको छ। त्यसपछि GPA २.४० देखि २.८० समूहमा ८१२ जना, GPA ३.२० देखि ३.६० मा ६५४ जना, र GPA ३.६० देखि ४.०० मा जम्मा १६६ जना मात्र रहेका छन्। GPA २.०० देखि २.४० समूहमा ७० जना विद्यार्थी परेका छन् भने GPA १.६० देखि २.०० समूहमा कुनै पनि विद्यार्थी परेका छैनन्।

उक्त परीक्षामा सहभागी ५३८९ जना विद्यार्थी ‘NG’ (Not Graded) श्रेणीमा परेका छन्, जसले गर्दा उनीहरूको नतिजा असफल भएको मानिन्छ।

बारा जिल्लाको यो कमजोर नतिजाले शिक्षाको गुणस्तरमा गम्भीर प्रश्न उठाएको छ। अभिभावक, शिक्षक र सरोकारवालाहरूले यसतर्फ ध्यान दिई सुधारात्मक कदम चाल्नुपर्ने आवश्यकता देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *