
न्युजिल्यान्ड । इतिहास मा पहिलो पटक न्युजिल्यान्ड टि पुकेबाट नेपालको अनीस पौडेल काउन्सिलर पद मा जितेका छन् । युवा व्यवसायी, समाजसेवी तथा बैङ्कर पौडेल सेप्टेम्बर 16 देखी 8 अक्टोबर मा भएको न्युजिल्यान्डको स्थानीय निर्वाचनमा काउन्सिलर पदका उम्मेदवार दिएका थिए।

स्वतन्त्रका तर्फबाट बे अफ प्रेन्टी अन्तर्गत टि पुके वार्डको काउन्सिलर पदमा उम्मेदवारी दिएका पौडेल चुनाव आफ्नो पोल्टा मा आउँछ भन्ने मा ढुक्क हुनुहुन्थो। म काउन्सिलमा उमेर विविधता, जातीय विविधता र सांस्कृतिक विविधताको प्रतिनिधित्व गर्न खोज्दैछु। युवा को र एसीयनहरु को साथ धेरै भयकोले नै मेरो जित सुनिश्चित रहेको पौडेल बताउनुहुन्छ।
न्युजिल्यान्ड को टि पुकेमा नेपाली जनसंख्या तथा व्यवसाय बढ्दै गएपछि नेपाली तथा स्थानीयको आवाज काउन्सिल च्याम्बरसम्म पुरयाउने आफ्नो मुख्य ‘एजेन्डा’ साथ जितेका पौडेल अब नेपाली को एजेन्डा काहा सम्म पुग्ला त्यो बाकी रहेको न्युजिल्यान्ड मा बसोबास गर्ने नेपाली हरु बताउंछन्। साथै पहिलो पटक नेपाली ले जित हासिल गरी सबै नेपालीहरूको नाम उच्च पारेको मा बधाई व्यक्त गर्छन। न्युजिल्यान्डको स्थानीय सरकारमा नेपालीको आवाज आओस् भन्ने उद्देश्यले उम्मेदवारी दिएको र अब मैले स्वतन्त्र को साथ मा आवाज उठाउछु पौडेल बताउंछन् ।
साथै सामाजिक सञ्जाल मा पोस्ट गर्दै चुनावी अभियानमा आफूलाई मत दिएको र आफ्नो चुनावी अभियानमा सघाउन लागी परेका सम्पूर्ण न्युजिल्यान्ड बासी लाई धन्यवाद व्यक्त गरेका छन् ।

असहाय र निमुखा जनतालाई सथै सहयोग गर्ने पौडेल एक नैतिकवान छबी भएको व्यक्ती हुनुहुन्छ। लामो समय देखी न्युजिल्यान्ड बसेका पौडेल को बुवा कीभी फ्रुट व्यवसायमा आवद्ध छन् भने पौडेल वेष्ट प्याक बैङ्क मा आबद्ध हुनुहुन्छ, साथै NZ को लागि शान्ति को youngest न्यायाधीश को रूप मा स्थानीय समुदायहरु संग संलग्न हुनुहुन्छ।