
सिमरा — जीतपुरसिमरा उपमहानगरपालिकाभित्र लुकेका क्रिकेट प्रतिभालाई पहिचान गर्दै राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले सिमरा क्रिकेट क्लबले ‘SCC Grassroots’ कार्यक्रमको सुरुआत गरेको छ। क्लबको प्रारम्भिक चरणको घोषणा एक पत्रकार सम्मेलनमार्फत गरिएको हो।
यस अवसरमा सिमरामा रहेको शैक्षिक संस्था Bridge Education Foundation ले क्लबलाई जर्सीसहित आवश्यक खेल सामग्रीहरू प्रदान गर्दै सहयोग जनाएको छ। पत्रकार सम्मेलनमा Bridge Education की सञ्चालिका सावित्री कँडेलले क्लबलाई औपचारिक रूपमा सामग्री हस्तान्तरण गरिन्।
“स्थानीयस्तरमा खेलकुद विकासमा सघाउन पाउनु हामीका लागि खुशीको कुरा हो। क्लबलाई जुनसुकै सहयोग आवश्यक परेमा Bridge Education सधैं साथ दिन तयार छ,” कँडेलले भनिन्।
स्थानीयस्तरको खेलकुद विकासमा योगदान दिन पाउनु हामीका लागि गौरवको विषय हो। Bridge Education सधैं खेलकुद तथा युवासम्बन्धी सकारात्मक प्रयासमा साथ दिन प्रतिबद्ध छ,” सञ्चालिका कँडेलले भनिन्।
Bridge Education Foundation ले यसअघि पनि स्थानीय फुटबल क्लबलाई समर्थन गरिसकेको छ। संस्था सामाजिक उत्तरदायित्व अन्तर्गत भविष्यमा पनि यस्ता क्रियाकलापमा सक्रिय रहने बताइएको छ।
स्थानीय खेलकुद क्षेत्रको विकास र युवाहरूको क्षमता अभिवृद्धिमा Bridge Education को निरन्तर साथले सिमरा क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।
