सुवर्ण गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीमा सामूहिक प्रवेश

नेपाल घटना

बाराको सुवर्ण गाउँपालिका, वडा नं. ८ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराको सुवर्ण गाउँपालिका–८ स्थित भिस्वा चौकमा आयोजित एक विशेष कार्यक्रममा ५० जना भन्दा बढी स्थानीय युवाहरु पार्टीमा प्रवेश गरेका छन्।

जिल्ला सभापति चन्दन कुमार स्वर्णकार र प्रदेश सदस्य भुलेन्द्र प्रसाद कुशवाहाको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा स्थानिय युवा नेता अनिल साहको नेतृत्वमा सामूहिक रूपमा प्रवेश गरिएको हो।

सभापति स्वर्णकारका अनुसार सिमावर्ती क्षेत्रमा सदस्यता अभियान सञ्चालन गर्ने क्रममा स्थानिय युवाहरुको आग्रहमा यो कार्यक्रम आयोजना गरिएको हो। उनले कवहीगोठ–छौडादानो जोड्ने सन्तगन्ज नाकाको भन्सार कार्यालय पुनः सञ्चालनमा ल्याउन आवश्यक रहेको बताउँदै, “पुराना दलको बिदाइ गरी अब परिवर्तनको बाटो रोज्नुपर्ने बेला आएको छ,” भनेका छन्।

कार्यक्रममा स्वर्णकारले केही समयअघि गाउँपालिका भवनभित्र पुराना दलका युवा विद्यार्थीहरुले ‘केटी ल्याएर रातभर नचाउने’ जस्ता गैरजिम्मेवार कार्य गरेको घटनाप्रति कडा आपत्ति जनाए। उनले भने, “जेन्जी आन्दोलनपछि पनि पुराना दलहरुले आफ्ना भ्रातृ संगठनलाई ‘नक्कली जेन्जी’को रूपमा प्रयोग गरी जनतालाई भ्रममा पार्ने काम गरिरहेका छन्।”

स्वर्णकारले हालैको गाउँपालिका विवादलाई उदाहरण दिँदै पुराना दलहरुको नैतिक चरित्रमा गम्भीर प्रश्न उठेको बताए। उनले स्थानीय नागरिकहरुलाई आगामी निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई सफल बनाउन अग्रसर हुन आह्वान गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *