१० वर्षमा १० पटक प्रधानमन्त्री फेरियो नेपालमा, ओली मात्रै ४ पटक प्रधानमन्त्री

नेपाल घटना

काठमाडौं । पछिल्लो १० वर्षमा नेपालमा प्रधानमन्त्री १० पटक फेरिएका छन्। सत्ता–सन्तुलन, आन्तरिक विवाद र दलहरूको बारम्बारको किचलोका कारण सरकार लामो समय टिक्न नसक्ने परम्परा पछिल्ला वर्षहरूमा झन् प्रष्ट देखिएको छ।

तथ्याङ्कअनुसार यो अवधिमा प्रधानमन्त्री बनेका नेताहरू यसप्रकार छन्:

  • सुशील कोइराला – १ पटक
  • केपी शर्मा ओली – ४ पटक
  • पुष्पकमल दाहाल ‘प्रचण्ड’ – २ पटक
  • शेरबहादुर देउवा – २ पटक
  • सुशीला कार्की (कार्यवाहक) – १ पटक

विशेषगरी केपी शर्मा ओलीले मात्रै चार पटक प्रधानमन्त्रीको पद सम्हालेका छन्। प्रचण्ड र देउवा दुई–दुई पटक, भने कोइराला र कार्की एक–एक पटक बनेका छन्।

राजनीतिक स्थायित्व अभावले मुलुकको विकास, प्रशासनिक निरन्तरता र जनताको विश्वासमा नकारात्मक असर परेको विश्लेषकहरूको भनाइ छ। नेताहरू बीच आपसी अविश्वास र दलभित्रको आन्तरिक खिचातानीकै कारण सरकार लामो समय टिक्न नसकेको उनीहरूको ठम्याइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *