गाजामा बन्धक रहेका २२ जनामध्ये नेपाली विद्यार्थी बिपिन जोशी पनि ‘जीवित सूची’मा

इस्रायलले सार्वजनिक गरेको नयाँ सूची अनुसार हालसम्म गाजामा हमासको नियन्त्रणमा रहेका २२ जना बन्धकमध्ये नेपाली नागरिक बिपिन जोशी पनि “जीवित रहेको सम्भावित सूची”मा परेका छन्। अमेरिकी समाचार संस्था एपी (AP) र टाइम्स अफ इजरायलले प्रकाशित विवरणमा ती २२ जनाको नाम उल्लेख गरिएको छ, जसलाई इस्रायली अधिकारीहरूले अझै जीवित रहेको विश्वास गरेका छन्। उक्त सूचीमा विभिन्न […]

Continue Reading

अधिवक्ता मेराज मियाँद्वारा Gen-Z आन्दोलनका पीडितलाई निःशुल्क कानुनी सहयोग गर्ने घोषणा

बिरगंज — सेप्टेम्बर ८ र ९ मा देशभर उर्लिएको Gen-Z आन्दोलनले मुलुकका हजारौं युवा सडकमा उतारेको थियो। परिवर्तन र न्यायका लागि नारा लगाइएका ती दिनहरूमा थुप्रै निर्दोष नागरिकले प्रहरी प्रशासनको बल प्रयोग र दमन सहनु परेको समाचार आएका छन्। यही अवस्थामा पर्सा जिल्लाका अधिवक्ता मेराज मियाँले पीडित तथा आन्दोलनकारीहरूको पक्षमा दृढतापूर्वक उभिन घोषणा गरेका छन्। […]

Continue Reading

१० वर्षमा १० पटक प्रधानमन्त्री फेरियो नेपालमा, ओली मात्रै ४ पटक प्रधानमन्त्री

काठमाडौं । पछिल्लो १० वर्षमा नेपालमा प्रधानमन्त्री १० पटक फेरिएका छन्। सत्ता–सन्तुलन, आन्तरिक विवाद र दलहरूको बारम्बारको किचलोका कारण सरकार लामो समय टिक्न नसक्ने परम्परा पछिल्ला वर्षहरूमा झन् प्रष्ट देखिएको छ। तथ्याङ्कअनुसार यो अवधिमा प्रधानमन्त्री बनेका नेताहरू यसप्रकार छन्: विशेषगरी केपी शर्मा ओलीले मात्रै चार पटक प्रधानमन्त्रीको पद सम्हालेका छन्। प्रचण्ड र देउवा दुई–दुई पटक, […]

Continue Reading

अकल्याण्डमा सम्पन्न न्यूजिल्यान्ड नेपाल सोसाइटीको ३०औँ वार्षिकोत्सव तथा तीज विशेष कार्यक्रम

अकल्याण्ड । न्यूजिल्यान्ड नेपाल सोसाइटी इन्कले आफ्नो ३०औँ वार्षिकोत्सव तथा तीज विशेष सांस्कृतिक कार्यक्रम अकल्याण्डमा अत्यन्त भव्य र उत्साहपूर्ण वातावरणमा सम्पन्न गरेको छ। सो कार्यक्रममा ७०० भन्दा बढी सहभागीहरूको उपस्थिति रहेको थियो, जसले नेपाली समुदायको एकता, संस्कृति र पहिचानलाई झल्काएको छ। कार्यक्रमका प्रमुख अतिथि न्युजिल्यान्ड सरकारकी मन्त्री सम्माननीय करेन चौर रहनु भएको थियो। साथै विभिन्न […]

Continue Reading

जीतपुरसिमरामा राष्ट्रिय स्वतन्त्र पार्टीकाे तीज विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न

जीतपुरसिमरा उपमहानगर समितीकाे आयोजनामा तीज विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीतर्फबाट देशकै कान्छी सांसद तथा प्रतिनिधि सभा सदस्य माननीय निशा डांगी, मधेश प्रदेशकाे प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य कामिनी चौधरी, केन्द्रीय सदस्य प्रमिला कुलुजुकाे, बागमती प्रदेश महिला संगठन विभागकी उपप्रमुख स्वस्तिका लामिछाने, प्रदेश उपसभापति राधिका न्यौपाने, प्रदेश सहमहामन्त्री गणेश धिमालसहित […]

Continue Reading

अपर हटको भावी नेतृत्वमा नेपाली समुदायको प्रतिनिधित्व? रमिल अधिकारीको उम्मेदवारी

अपर हट, न्यूजील्याण्ड — नेपालबाट आप्रवासन गरी हाल अपर हट निवासी डा. रमिल अधिकारीले आगामी स्थानीय निर्वाचनमा अपर हट सिटी काउन्सिलको सदस्यका लागि उम्मेदवारी घोषणा गरेका छन्। बहुपक्षीय समुदायप्रति सेवाभावका साथ, उहाँ समावेशी, पारदर्शी र समुदायमुखी नेतृत्वको वकालत गर्दै पुनः चुनावी मैदानमा उत्रिनुभएको हो। डा. अधिकारी स्वास्थ्य क्षेत्रमा दीर्घ अनुभव बोकेका सार्वजनिक स्वास्थ्य विज्ञ, न्यायकर्मी […]

Continue Reading

पर्सागढी ०४ मा डॉ. चन्द्र भुषण सिंहको नेतृत्वमा स्वास्थ्य शिविर तथा प्राथमिक उपचार तालिम सम्पन्न

पर्सा — “जन सेवा अभियान” अन्तर्गत डॉ. चन्द्र भुषण सिंहको नेतृत्वमा आज पर्सागढी नगरपालिका वडा नं. ०४ स्थित बर्वाछोटैली विद्यालयमा निशुल्क स्वास्थ्य शिविर तथा कक्षा १० का विद्यार्थीहरूका लागि प्राथमिक उपचार र CPR (Cardiopulmonary Resuscitation) तालिम सम्पन्न भएको छ। स्वास्थ्य शिविरमा बढ़नीहार आँखा तथा दन्त अस्पतालका विशेषज्ञ चिकित्सकहरूको टोलीले सेवा प्रदान गरेका थिए। शिविरमा विद्यार्थीहरूसँगै […]

Continue Reading

अछाममा २५ हजार घरमा अझै विद्युत् पुग्न सकेन, सरकार कहाँ छ?

अछाम जिल्लाका २५,००० घरधुरी अझै पनि विद्युतको पहुँचबाहिर छन् भन्ने खबरले हाम्रो राज्य व्यवस्थाको वास्तविक अनुहार देखाएको छ। प्रविधिको युगमा मोबाइल चलाएर मत माग्न सक्ने नेताहरू, १०० किलोमिटर टाढाबाट पनि फेसबुक लाइभ गर्न सक्ने मन्त्रीहरू — आखिर अछाम पुग्दा किन अन्धो जस्ता हुन्छन्? विद्युत अभावका कारण स्थानीयहरू दैनिक जीवनका आधारभूत आवश्यकता र विकासका अवसरहरूबाट बञ्चित […]

Continue Reading

वीरगञ्जमा रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिसोधको विरोधमा हस्ताक्षर अभियान

वीरगञ्ज, पर्सा – असार १६ आदरणीय सभापति रवि लामिछानेमाथि भइरहेको राजनीतिक प्रतिसोधको कडा विरोध गर्दै पर्सा जिल्लाको सदरमुकाम वीरगञ्जको ऐतिहासिक घण्टाघर चोकमा हस्ताक्षर अभियान जारी छ। हजारौं स्थानीय नागरिक तथा देशका विभिन्न भागबाट आएका समर्थकहरूले उक्त अभियानमा सहभागी हुँदै रवि लामिछानेप्रति ऐक्यबद्धता व्यक्त गरिरहेका छन्। सहभागीहरू “रवि लामिछानेलाई साथ र समर्थन देशभरबाट”, “राजनीतिक षड्यन्त्र बन्द […]

Continue Reading

बारा जिल्लामा SEE २०८१ को नतिजा सार्वजनिक, पास दर ३३.७४ प्रतिशत मात्रै

कलैया, बारा — शिक्षा विकास तथा समन्वय इकाई, कलैया बाराले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८१ को नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक नतिजा अनुसार, बारा जिल्लाबाट परीक्षा दिएको कुल ८१३३ जना विद्यार्थीमध्ये मात्र २७४४ जना विद्यार्थी पास भएका छन्। यसअनुसार, जिल्लाको कुल पास दर ३३.७४ प्रतिशतमा सीमित भएको छ। नतिजा अनुसार सबैभन्दा बढी विद्यार्थीहरू GPA २.८० […]

Continue Reading