बेंग्लोरलाई हराउँदै मुम्बई तेस्रो स्थानमा उक्लियो

खेलकुद

आइपिएल २०२३ मा मुम्बई इन्डियन्स अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ।

मंगलबार राति रोयल च्यालेन्जर्स बेंग्लोरलाई ६ विकेटले पराजित गर्दै मुम्बई ११ खेलबाट १२ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको हो। बेंग्लोर १० अंकसहित सातौं स्थानमा छ। 

बेंग्लोरले दिएको २०० रनको लक्ष्य मुम्बईले १६.३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो।

मुम्बईका लागि सूर्यकुमार यादवले ३५ बलमा ७ चौका र ६ छक्काको मद्दतमा ८३ रन र नेहाल वाधेराले नटआउट ५२ रन जोडे।

बलिङमा बेंग्लोरुका हर्षरंगा र विजयकुमारले २-२ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंग्लोरले ६ विकेटको क्षतिमा १९९ रन जोड्यो।

उसका लागि कप्तान फाप डु प्लेसिसले ६५ रन र म्याक्सवेलले ६८ रन जोडे। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *