
मेकानिकल इन्जिनियर तथा ऊर्जा टर्बाइन विज्ञ अफजल हुसेन ले बन्द अवस्थामा रहेको वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनका लागि विस्तृत प्रस्ताव सार्वजनिक गरेका छन्।
सन् १९६५ मा स्थापना भएको यो उद्योगले एक समय दैनिक करिब १५०० टन चिनी उत्पादन गर्दै हजारौँ मानिसलाई रोजगारी दिएको थियो। तर करिब २२ वर्षदेखि बन्द हुँदा बारा–पर्सा क्षेत्रको अर्थतन्त्र र उखु किसान प्रभावित भएका छन्।
प्रस्ताव अनुसार कारखानामा रहेका करिब ७०% मेसिन मर्मतपछि सञ्चालनयोग्य छन्। साथै उपलब्ध ४ वटा बोइलर र २ वटा टर्बाइनबाट करिब ७ मेगावाट बिजुली उत्पादन गर्न सकिने उल्लेख गरिएको छ।
प्रस्तावमा प्राविधिक अडिट, मर्मत तथा आधुनिकीकरण, PPP मोडेल, किसान प्रोत्साहन कार्यक्रम र व्यावसायिक व्यवस्थापन प्रणालीमार्फत उद्योग पुनः सञ्चालन गर्न सकिने सुझाव दिइएको छ।
प्रस्तावकका अनुसार कारखाना सञ्चालन भए १५००–२००० जनासम्म रोजगारी सिर्जना हुन सक्ने तथा स्थानीय अर्थतन्त्रलाई पुनः चलायमान बनाउन सकिनेछ।


