वीरगंज भन्सारबाट २ खर्ब ४ अर्ब संकलन, सबैभन्दा बढी आयात भएका यी २० सामान

विजनेस
This image shows Birgunj Customs Office in Parsa district in March 2020. Photo courtesy: Rajan Prasad Ghimire.

पर्सा १० श्रावण ।वीरगंज भन्सार कार्यालयले गत आव २०७८/०७९ को लक्ष्य भेट्टाएको छ । गत आवको साउनदेखि असार मसान्तसम्म कार्यालयले पाएको दुई खर्ब तीन अर्ब दुई करोड ५० लाख ३७ हजार लक्ष्य पाएको थियो भने कार्यालयले दुई खर्ब चार अर्ब १२ करोड तीन लाख ९८ हजार राजस्व संकलन गरेको छ ।



भन्सार कार्यालयले असूली गरेको राजस्व लक्ष्यभन्दा ०.५ प्रतिशत बढी हो । कार्यालयले असार मसान्तमा १७ अर्ब ४० करोड ५५ लाख १८ हजार राजस्व संकलन गर्ने लक्ष्य पाएकोमा जम्मा लक्ष्यको ८८.१ प्रतिशत अर्थात् १५ अर्ब ३३ करोड ३९ लाख ८७ हजार मात्र राजस्व संकलन गरेको थियो ।

त्यसैगरी कार्यालयको तथ्यांक विश्लेषण गर्दा प्रतिदिन ५४ करोड ३९ लाख २२ हजार राजस्व संकलन गर्नुपर्ने लक्ष्य रहेकोमा कार्यालयले औसतमा प्रतिदिन ४७ करोड ९१ लाख ८७ हजार राजस्व संकलन गरेको बुझिएको छ ।

वीरगंज भन्सार कार्यालयले गत आवको साउनमा १४ अर्ब ९२ करोड ७५ लाख ५ हजार लक्ष्य पाएकोमा ९.४५ प्रतिशत अर्थात् १४ अर्ब ८४ करोड ५ लाख २८ हजार, भदौमा १५ अर्ब ६० करोड ९४ लाख ३४ हजार लक्ष्य पाएकोमा १३.४३ बढी अर्थात १७ अर्ब ७० करोड ५७ लाख ४६ हजार, असोजमा १७ अर्ब दुई करोड ७४ लाख ६७ हजार लक्ष्य पाएकोमा २०.५० प्रतिशत बढी अर्थात् २० अर्ब ५१ करोड ७७ लाख १३ हजार संकलन गरेको छ।

यसैगरी  कात्तिकमा १७ अर्ब ५४ करोड ९७ लाख ५९ हजार लक्ष्य पाएकोमा ९७ प्रतिशत अर्थात् १७ अर्ब ५ करोड २६ लाख ३३ हजार राजस्व संकलन भएको थियो ।

गत आवको दोस्रो चौमासिकको मङ्सिरमा १७ अर्ब ४९ करोड ३ लाख ६४ हजार लक्ष्य पाएकोमा ६.१७ प्रतिशत बढी अर्थात् १ अर्ब ५७ करोड ७२ लाख २ हजार, पुसमा १७ अर्ब ६० करोड ९० लाख ८ हजार लक्ष्य पाएकोमा ९७.७३ प्रतिशत अर्थात् १७ अर्ब २० करोड ९१ लाख ३४ हजार, माघमा १६ अर्ब ४९ करोड ४ हजार लक्ष्य पाएकोमा ९५.९४ प्रतिशत अर्थात् १५ अर्ब ८२ करोड १ लाख ४२ हजार, फागुनमा १७ अर्ब ४४ करोड ९१ लाख ७७ हजार लक्ष्य पाएकोमा ९८.६९ प्रतिशत अर्थात् १७ अर्ब २२ करोड ९ लाख ८० हजार राजस्व संकलन भएको थियो ।

त्यसैगरी गत आवको अन्तिम चौमासिकको चैतमा १७ अर्ब ७७ करोड ६ लाख ६१ हजार लक्ष्य पाएकोमा ९२.४८ प्रतिशत अर्थात् १६ अर्ब ४३ करोड ३५ लाख एक हजार, वैशाखमा १६ अर्ब ९३ करोड १२ लाख ११ हजार लक्ष्य पाएकोमा ९०.४८ प्रतिशत अर्थात् १५ अर्ब ३८ करोड ९७ लाख १२ हजार राजस्व संकलन भएको थियो ।

जेठमा १६ अर्ब ७५ करोड ६८ लाख ५ हजार लक्ष्य पाएकोमा लक्ष्यभन्दा ७.९२ बढी अर्थात् १ अर्ब ८ करोड ३७ लाख ४१ हजार, असारमा १७ अर्ब ४० करोड ५५ लाख १८ हजार लक्ष्य पाएकोमा ८८.१० प्रतिशत बढी अर्थात् १५ अर्ब ३३ करोड ३९ लाख ४७ हजार राजस्व संकलन गरेको प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताए ।

यी हुन् उत्कृष्ट आयात भएका २० वस्तु

वीरगंज भन्सारबाट मुख्य गरी आयात हुने वस्तुहरुमा पेट्रोल, भटमासको कच्चा तेल, एलपी ग्यास,दन्तमञ्जन, प्लास्टिक कोटेड पेपर, पोलिथिन दाना, जीप, कार, भ्यान, स्याम्पू, मोटरगीका पार्टपूर्जा बढी आयात भएका छन्। 

यसैगरी अर्गानिक डाइज र पिगमेन्ट, स्वास्थ्य उपकरण, फर्निश आयल, अन्य कपडा (उनी सुती टेरिकटनबाहेक), बिजुलीको स्वीच, प्लग, फ्युज, होल्डर आदि आयात भएका छन्। 

 यस्तै हातै झोला अन्य कोइला धाराको सामान, भल्व, टुटी , मेशिनरी पार्ट, नरिवल, फुड सप्लिमेन्ट लगायतका सामान बढी मात्रामा आयात गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *