स्विडेनलाई ४–० गोलले हराउँदै इङ्ल्यान्ड महिला युरो कपको फाइनलमा

खेलकुद
इङ्ल्यान्ड महिला युरो कपको फाइनलमा प्रवेश गरेको छ । गएराति ब्रामलमा भएको पहिलो सेमिफाइनलमा स्विडेनलाई ४–० गोलले हराउँदै इङ्ल्यान्ड फाइनलमा पुगेको हो ।

इङ्ल्यान्डको जितमा बेथ मिड, लुसी ब्रोन्जे, एलेसिया रुसो र फ्रान क्रिवेले एक/एक गोल गरे । अब उपाधिका लागि इङ्ल्यान्डले दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ ।स्विडेन सन् १९८४ को च्याम्पियन हो भने इङ्ल्यान्डले अहिलेसम्म उपाधि जित्न सकेको छैन ।

इङ्ल्यान्डले समूह चरणको खेलमा नर्वेलाई ८–० गोलले हराएको थियो ।क्वाटरफाइनलमा इङ्ल्यान्डले स्पेनलाई हराएको थियो । स्विडेनले क्वाटरफाइनलमा बेल्जियमलाई इन्जुरी समयमा हराउँदै सेमिफाइनलमा पुगेको हो ।अर्को सेमिफाइनलमा आज फ्रान्स र जर्मनी खेल्दैछन् । फाइनल खेल जुलाई ३१ मा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *