
चितवन, साउन २४ । चितवनको राप्ती नगरपालिकामा सरुवा भै कामकाज गर्न मन्त्रालयलले खटाएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिरी हुनबाट रोकिएको छ । साउन ११ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राप्ती नगरपालिकामा सरुवा गरेका (उपसचिव) प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साललाई राप्तीमा हाजिरी गर्न नदिइएको हो ।
राप्ती नगरपालिकाका नगरप्रमुख शम्सेर लामा र त्यहाँ कार्यरत प्रमुख प्रशाासकीय अधिकृत गंगा बहादुर भुजेलले तीनपटकसम्म हाजिरीका लागि राप्ती नगरपालिका पुगेका प्रमुख प्रशाासकीय अधिकृत लम्साललाइ हाजिरी हुन नदिएका हुन् ।मन्त्रालयले बाग्लुगंको गलकोट नगरपालिका सरुवा गरेका राप्तीका गंगा बहादुर भुजेलले अझैपनि राप्तीमै हाजिरी गरिरहेका छन् ।
दुईवर्ष भन्दा लामो समय राप्तीको प्रमुख प्रशाासकीय अधिकृत भएर विताएका भुजेल रमना पत्र लिएर बाग्लुुगं जानुपर्नेमा मेयर लामाको आडमा बसीरहेका हुन् ।मन्त्रालयले पठाएको प्रमुख प्रशासकीय अधिकृतलाई हाजिरी गर्नबाट रोक लगाइएको हो? भन्ने प्रश्नमा मेयर लामा र प्रमुख प्रशाासकीय अधिकृत भुजेललाइ त्यसो नभएको भन्दै बचाउ गरे ।मैले हाजिरी नगराउने कुरा हुँर्दैन उहाँलाई स्वागत छ लामाले भने । यता प्रमुख प्रशासकीय अधिकृत भुजेलले केहि समयका लागि मेयर सापले तपाई बसिदिनुपर्यौ भनेकोले आफु बसेको जिकिर गरे ।
राप्ती नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा तोकिएका सुकदेव लम्सालसँग भरतपुर महानगरपालिका, जिल्ला समन्वय समिती, ईच्छाकामना गाउँपालिका, बन्दीपुर गाउँपालिका लगायतका स्थानीय तहहरुको लामो अनुभव छ । पटक पटक अव्वल सेवा प्रवाह गरेवापत विभिन्न ठाउमा लम्साल पुरस्कृत समेत भएका छन् ।


