घरायसी विवादमा श्रीमानको मृत्यु, श्रीमती पक्राउ

समाचार

२५ साउन २०७९ चितवन । पश्चिम चितवनको पार्वतीपुरमा घरायसी झगडा हुँदा श्रीमानको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२१ बस्ने ५६ वर्षीय टीकाराम विकको घरायसी विवादका कारण मृत्यु भएको हो ।

टाउकोमा गम्भीर चोट लागेर अत्याधिक रक्तस्रावका कारण टीकारामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी नरहरि अधिकारीले बताए। भित्रबाट चुकुल लगाइएको कोठामा खुट्टाले भुँइमा टेकेर टाउको र जीउको भाग खाटमा घोप्टो परेर मृत्यु भएको अवस्थामा प्रहरीले फेला पारेको हो। 

बिनमायालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पोष्टमार्टमको लागि टीकारामको शव भरतपुर सरकारी अस्पतालमा राखिएको छ। थप  अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *