एसबिआई बैंक म्यानेजरद्वारा श्रीमतीको हत्या

नेपाल घटना समाचार

वीरगंज (पर्सा), ७ असोज / बीरगंजका एक बैंकका म्यानेजरले माग अनुसार दाईजो नपाएको कारण श्रीमतिको हत्या गरेको आरोप माईती पक्षले लगाएका छन ।आज वीरगंजमा पत्रकार सम्मेलनको आयोजना गरी मृतक पिंकी कुर्मीकी दिदी सपना कुर्मीले आफनी बहिनीलाई बिहेमा गाडी दाईजोमा नदिएको भन्दै बारा स्थित कलैया उपमहानगरपालिका वडा नम्बर १ निवासी मुरारी राउत कुर्मीका छोरा वीरगंजको श्रीपुर स्थित नेपाल एसबीआई बैंकका शाखा प्रबन्धक दिपेन्द्र प्रसाद जैसवारले परिवारसंग मिलेर हत्या गरेको आरोप लगाउनु भएको छ । उहाँले १२ वर्ष अघि बहिनी पिंकीको बिहेमा ससुराली पक्षले माग गरे अनुसार ४० लाख रुपैया, १० तोला सुन, कपडालत्ताहरु दिईजो दिदा समेत उनीहरुले गाडीको माग गरेको र माईती पक्षले गाडी नदिदा पिंकीले घरेलु हिंसा भोग्दै आएको सपना कुर्मीले बताउनु भयो ।उहाँले लामो समयदेखि बहिनीमाथि भएको घरेलु हिंसाको विरुद्धमा आफूहरु प्रशासनमा जाँदा राजनीति दलहरुका ठूल्ठूला नेताहरुको दबाबमा मिलापत्र गराउन लागएको आरोप समेत लगाउनु भयो । पछिल्लो पटक गत भदौ २७ गते श्रीमान तथा परिवारको कुटाईबाट गम्भिर घाइते भएकी पिंकीको वीरगंजस्थित एडभान्स मेडिकेयर अस्पतालमा भर्ना गरिएको र त्यहाँ उनको उपचार सम्भव नभएपछि थप उपचारका लागि २८ गते चितवन मेडिकल कलेज लगिएको थियो ।

टाउकोमा गम्भीर चोट लागेको कारण उनको चितवनमा टाउकोको शल्यक्रिया गरिएको थियो । पिंकीको स्वास्थ्य जटिल भएपछि उनलाई थप उपचारका लागि काठमाण्डौस्थित मेडिसिटी अस्पताल पुर्याईएको थियो । उनको उपचारको क्रममा असोज २ गते मृत्यु भएको थियो । अस्पतालबाट प्राप्त पोष्र्टमार्टम रिर्पाेट अनुसार उनलाई शरिरभरी चोटपटक लागेको र टाउकोमा लागेको चोटको कारण मृत्यु भएको मृतकका भाइ मनिष कुर्मीले बताउनुभयो ।यसैविच वारा प्रहरीले हत्या आरोपमा अनुसन्धानका लागि मृतकका श्रीमानलाई नियन्त्रणमा लिएको छ ।  पिडित पक्षले गत असोज ४ गते  महिलाको हत्या आरोपमा काका ससुरा जगत प्राद जैसवार, ससुरा मुरारी राउत जैसवार, सासु मन्तुरा राउत जैसवार, पति दिपेन्द्र प्रसाद जैसवार विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गराएको थियो । जिल्ला प्रहरी कार्यलय बाराका प्रहरी उपरीक्षक होबीन्द्र बोगटीले घटनाको विषयमा थप अनुसन्धान भईरहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *