
ठोरी , माघ ७ / ठोरी गाउँ पालिका १ फारलयन टाँसी छोइलिङ गुम्बा संस्थाको आयोजनामा सोनाम ल्होसारको अवसरमा ठोरी १ फारलयनमा बृहत साँस्कृतिक कार्यक्रम हुने भएको हो । तामाङ समुदायको २५५९औँ हयोयी/ल्हो बिरालो बर्षको पावन अवसरमा यहि माघ ८ गते आईतबार सोनाम ल्होसारको दिन तामाङ समुदायको कला सास्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उदेश्यले कार्यक्रम गर्न लागिएको आयोजक समितिका संबद्ध अध्यक्ष सुरज लामाले जानकारीदीनु भयो ।
साथै कार्यक्रममा स्थानीय कलाकार को प्रस्तुती समेत रहने छ । ठोरी १ फारलयनमा बृहत साँस्कृतिक कार्यक्रम हुने भएको हो ।


