भारतको केरलाको कोच्चिस्थित सम्मेलन केन्द्रमा दुईवटा बम विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन् । घाइते मध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ ।येहोवा विटनेस कन्भेन्सन सेन्टरमा तीन दिने कार्यक्रम चलिरहेको थियो । येहोवा विटनेस एक इसाई समुदाय हो । प्रत्यक्षदर्शीका अनुसार विस्फोटका ठुलो आवाज सुनिएको बताए ।करिब २ हजार मानिस सहभागी कार्यक्रमा दुईवटा बस विस्फोट भएको थियो । राज्यका डीजीपी शेख दवेशले घटनाको जाँच सुरु गरिएको जानकारी दिए ।



