विवादपछि यसो भन्छन् सुगम पोखरेल

नेपाल

अष्ट्रेलियाको एडिलेडमा गायक सुगम पोखरेल र फ्यानबीच विवाद भएको छ। 

शनिबार आयोजित कन्सर्टमा गायक सुगमले फ्यानलाई माइक प्रहार गरेका थिए। अहिले उक्त भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

भिडिओ अनुसार उनले नेपालमा जाजरकोटलाई केन्द्र बिन्दु बनाएको गएको भूकम्प र त्यहाँ ज्यान गुमाउने नेपालीप्रति मौन धारण गर्न दर्शकलाई अनुरोध गर्छन्। तर सुगमले मौन धारण गर्न अनुरोध गरिरहँदा पनि हुटिङ आइरहन्छ। 

उनले आफ्नो नियन्त्रण गुमाएपछि दर्शकलाई माइकको झटारो हान्ने धम्की दिन्छन्। केही समय उनलाई आयोजकले रोक्छन्। तर उनले स्टेजमा चढेर दर्शकलाई माइक प्रहार गर्छन्। 

कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले सुगमले मादक पदार्थ सेवन गरेको टिप्पणी गरेका छन्। विवादपछि सुगमले सामाजिक सञ्जालमा एक भिडिओ पोस्ट गर्दै घटनाबारे बताएका छन्। 

अहिले भुइँचालोका कारण देशलाई दुखिरहेको छ। नेपाली कलाकार भएको हुँदा देशलाई दुख्दा मलाई पनि दुख्छ। हिजोको कार्यक्रममा मौन धारण गरौं भन्दा के भयो त्यो तपाईहरूले भिडिओमा देख्न सक्नुहुन्छ। मेरो क्रियाको प्रतिक्रिया त्यसकै कारणले मात्र थियो। कसैको नेपाली मनलाई चित्त दुखाएँ भने क्षमा चाहन्छु। तर जहिले पनि संगीतको सेवा गर्नेछु,’ उनले भनेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *