पर्सा । पर्साको पोखरिया नगरपालिकामा गएराती एक महिला कर्मचारीमाथि बलात्कारको प्रयासको घटना भएको छ । पोखरिया नगरपालिकामा कार्यरत महिला सफाइ कर्मचारीमाथि बलात्कारको प्रयास भएको प्रहरीले जनाएको छ ।
सरसफाइ शाखाका नाइके रामबली हजराले आफ्नै सफाइ महिला कर्मचारीमाथि बलात्कारको प्रयास गरेको पोखरिया इलाका प्रहरीले बताएको छ । पीडक हजराले गएराती साढे ९ बजे नगरपालिकाको कार्यालयमा बोलाएर बलात्कारको प्रयास गरेको पीडित महिलाको आफ्न्तले बताए ।
पीडित महिला र उनको श्रीमानले अहिले जाहेरी दिन इलाका प्रहरी कार्यालय पोखरियामा गएको बताइएको छ । भने घटनालाई ढाकछोप गर्न पोखरिया नगरपालिकाका प्रमुख प्रधुम्न चौहान लागेको एक सुत्रले जनाएको छ ।



