अकल्याण्डमा ‘NZSEG Nepal Festival 2026’ आयोजना हुँदै

कला नेपाल
Screenshot

न्युजिल्याण्ड नेपाल सोसाइटीको आयोजनामा NZSEG Nepal Festival 2026 आगामी ११ अप्रिल २०२६ मा अकल्याण्डको Aotea Square मा आयोजना हुने भएको छ। यस महोत्सवको Title Sponsor New Zealand Skills and Education College International रहेको छ।

उक्त कार्यक्रममा चर्चित नेपाली कलाकार प्रकाश सपूत ले विशेष लाइभ प्रस्तुति दिनेछन्। नेपाली कला, संस्कृति, संगीत र समुदायलाई एकै ठाउँमा जोड्ने उद्देश्यले आयोजना हुन लागेको यो महोत्सवमा ठूलो संख्यामा नेपाली समुदायको सहभागिता रहने अपेक्षा गरिएको छ।

कार्यक्रम सफल बनाउन Eggs & More, Travel Corner, Infinity Loans तथा White Cloud Immigration and Education Services लगायतका संस्थाहरूले सहकार्य गरेका छन्। आयोजकले सबैलाई कार्यक्रममा सहभागी भई नेपाली संस्कृति, संगीत र समुदायको उत्सव मनाउन आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *