न्यु गहिल कन्ट्रक्सनका संचालकसमेत रहेका नगरप्रमुख भीमराज यादवसहित ६ जनामाथि अख्तियारद्वारा आरोपपत्र दायर

सबै

राजविराज — राजविराजस्थित राजरंगशालाको निर्माणमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजविराज नगरपालिकाका नगरप्रमुख भीमराज यादवसहित ६ जनामाथि बुधबार विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

आर्थिक वर्ष ०७३/७४ मा राजरंगशालाको स्तरोन्नतिका लागि भएको निर्माण कार्यमा नगरप्रमुख समेत रहेका न्यु गहिल कन्ट्रक्सनका संचालक भीमराज यादव, उदय निर्माण सेवाका संचालक उदय श्रेष्ठ, जिल्ला विकास समिति सप्तरीका तात्कालीन इन्जिनयर विकास श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका तात्कालीन प्रमुखद्वय लक्ष्मण मण्डल र महेन्द्रप्रसाद यादव, समितिका अध्यक्ष एजेट न्यासुर र उपाध्यक्ष धिरेन्द्र बर्माविरुद्ध आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।अख्तियारले आरोपपत्र दायर गर्नेबित्तिकै सार्वजनिक पद धारण गर्ने व्यक्तिको पद स्वत: निलम्बन हुने कानुनी व्यवस्था रहे बमोजिम नगरप्रमुख यादव बुधबारदेखि निलम्बनमा परेको प्रवक्ता भण्डारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *