झापामा आगलागी हुँदा ६ घर जले

सबै

झापामा आगलागी हुँदा ६ घर जलेको छ। झापा गाउँपालिका-५ स्थित सिमलडाँगीमा बुधबार बिहान ४ बजेर २० मिनेटमा अवदुल करिम अलिको घरमा विद्युत् सर्ट भइ आगो लागेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए। अलिको घरमा सल्किएको आगोले अन्य पाँच घर पनि जलेको उनले बताए। आगलागीबाट अलिको टिनको छाना, बाँसको टाटीबेराले बनेको एक तले घरमा जल्नुका साथै घरभित्र रहेका लत्ता–कपडा, अन्नपात, भाँडा वर्तन गरी करिब ३ लाख रुपैयाँ बराबरको क्षति भएको छ। 

त्यस्तै आगलागीबाट अब्दुल जुलास अलिको ३ लाख,  अमोर अलिको २ लाख ५० हजार, अनाबर अलिको  ३ लाख ५० हजार, ईस्माइल अलिको ३ लाख ७५ हजार र शमित अलिको ४ लाख ५० रुपैयाँ बराबरको क्षति भएको छ। 

उनीहरू सबैको घर टिनको छाना, बाँसको टाटीबेराले बनेको एक तले घर थियो। घरभित्र रहेका  लत्ता–कपडा, अन्नपात, भाँडा वर्तन सबै जलेर नष्ट भएको डिएसपी पाठकले बताए। घरहरूमा लागेको आगो इलाका प्रहरी कार्यालय कुमरखोद, प्रहरी चौकी शरणामति र स्थानीयवासीको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *