आजको प्रतिनिधिसभा बैठक मा सांसद् प्रदीप ज्ञवालीले महंगीले जनताको ढाड सेक्दा पनि सरकार मुकदर्शक बनेको बताएका छन् ।
सांसद ज्ञवालीले महंगी नियन्त्रण हुन नसक्दा जनता निकै मारमा परेको बताए।
ज्ञवालीले जनताका समस्या समाधान गर्न सरकारले ध्यान दिनुको सट्टा आफुले अमेरिकामा खाना खाएको फोटो देखाएर ट्रोल बनाएको आारोप पनि लगाएका छन। उनले सरकारको गैर जिम्मेवारपनले जनतालाई आहत तुल्याएको भन्दै राहतका प्याकेज लागि रुलिङ गर्न सभामुख समक्ष आग्रह गरे ।
उनले भने, ‘यो वर्षको बजेटमा न्यूनतम ज्याला बढाउने काम भएन । मुद्रास्फिती करिब ९ प्रतिशत पुगेको छ । आम सर्वसाधारण नागरिकहरु कसरी बाँचिरहेका छन् ? खोइ सरकारको ध्यान गएको । सत्तारुढ दलका नेताहरु मूल्यवृद्धि हुँदा पनि मौन छन् ।’
महंगीले सम्पूर्ण जनता समस्यामा परेको बताए यसर्थ महंगीका सन्दर्भमा गम्भिरतापूर्वक रुलिङ होस् । अहिलेसम्म किसानको हातमा मल छैन । विद्यार्थीको हातमा पाठ्यपुस्तक छैन ।’
सरकार मूल्य नियन्त्रणका सवालमा गैरजिम्मेवार र अनुत्तरदायी भएको उनको भनाइ छ।
‘हतियार किन्नका लागि पैसा पुग्छ तर, मल र किताब खरिदका लागि पैंसा पुग्दैन सभामुख महोदय, अभावबाट जनता आक्रान्त छन् । सिन्डिकेट छ, कार्टेलिङ छ । कार्टेलिङलाई तत्काल अन्त्य गर्न जरुरी छ,’उनले भने।ले महंगीले जनताको ढाड सेक्दा पनि सरकार मुकदर्शक बनेको बताएका छन् ।
सांसद ज्ञवालीले महंगी नियन्त्रण हुन नसक्दा जनता निकै मारमा परेको बताए।
ज्ञवालीले जनताका समस्या समाधान गर्न सरकारले ध्यान दिनुको सट्टा आफुले अमेरिकामा खाना खाएको फोटो देखाएर ट्रोल बनाएको आारोप पनि लगाएका छन। उनले सरकारको गैर जिम्मेवारपनले जनतालाई आहत तुल्याएको भन्दै राहतका प्याकेज लागि रुलिङ गर्न सभामुख समक्ष आग्रह गरे ।
उनले भने, ‘यो वर्षको बजेटमा न्यूनतम ज्याला बढाउने काम भएन । मुद्रास्फिती करिब ९ प्रतिशत पुगेको छ । आम सर्वसाधारण नागरिकहरु कसरी बाँचिरहेका छन् ? खोइ सरकारको ध्यान गएको । सत्तारुढ दलका नेताहरु मूल्यवृद्धि हुँदा पनि मौन छन् ।’
महंगीले सम्पूर्ण जनता समस्यामा परेको बताए यसर्थ महंगीका सन्दर्भमा गम्भिरतापूर्वक रुलिङ होस् । अहिलेसम्म किसानको हातमा मल छैन । विद्यार्थीको हातमा पाठ्यपुस्तक छैन ।’
सरकार मूल्य नियन्त्रणका सवालमा गैरजिम्मेवार र अनुत्तरदायी भएको उनको भनाइ छ।
‘हतियार किन्नका लागि पैसा पुग्छ तर, मल र किताब खरिदका लागि पैंसा पुग्दैन सभामुख महोदय, अभावबाट जनता आक्रान्त छन् । सिन्डिकेट छ, कार्टेलिङ छ । कार्टेलिङलाई तत्काल अन्त्य गर्न जरुरी छ,’उनले भने।