रास्वपाको मिसन-८४ : भर्खरै जन्मिएको पार्टीका लागि यो उपस्थिति विस्फोटक र हस्तक्षेपकारी  ?

मिसन–८४ भनेको अहिले प्राप्त २१ जना सांसदहरूलाई निष्क्रिय राखेर ८४ को निर्वाचनमा ल्याएर देखाइदिन्छौं भनेर पर्खनु होइन, बरू समाजलाई सकारात्मक रूपमा उद्वेलित गर्दै ०८४ सम्म विश्वास जित्ने चुनावमा दुईतिहाइ ल्याएर अवस्था परिवर्तनका लागि वातावरण बनाउनु हो। राजनीतिक वृत्तमा मिसन-८४ अहिले ‘ट्रेन्डिङ टपिक’ रहेको छ। मिसन-८४ कसले कहिले सुरू गर्यो भन्ने ठ्याक्कै जवाफ पत्ता लगाउन गाह्रो […]

Continue Reading

बालाचतुर्दशी ( शतबीज छर्ने दिन) पर्वको विशेषता

यसवर्ष २०८०मार्गशीर्ष २५ गते  सोमवार  बालाचतुर्दशीपर्व रहेको छ। यसपावनतिथिमापितृका नाममा दीपदान गरेर बालाचतुर्दशी पर्व मनाइन्छ । काठमाडौंको पशुपतिनाथ मन्दिर साथै देशभरका शिवालयमा अघिल्लो दिन त्रयोदशीको संन्ध्याकालदेखि रातभर आफ्ना दिवंगत पितृहरूको संझनामा अखण्ड दीपबाली देहउत्सर्गभएका हरूको मुक्ति को कामना गर्ने गरिन्छ।   रातभर जाग्राम बसिभजनकीर्तन गरी दीप प्रज्वलन गरेपश्चात भोलिपल्ट प्रातकालमा शतबीज छर्ने विधान शास्त्रमा  बर्णन गरिएकोछ। शतबीजभन्नाले सयबीज हुन्छ। […]

Continue Reading

गाउँमा कोदो खेती घट्दै, सहरमा महत्व बढ्दै

ग्रामीण भेगमा कोदो खेतीले ढाकिने बारी अहिले खाली हुँदै गएका छन् । गाउँका बारी कोदो खेतीले भरिन्थे । गाउँमा सबैका जसो घर–घरमा कोदो लगाइन्थ्यो । पछिल्ला वर्षमा भने कोदो खेती कम हुँदै गएको बताउँछिन्, पाल्पा रामपुर नगरपालिका–१ स्थित कुमैडाँडाकी ६५ वर्षीया शान्ति विश्वकर्मा ।  “जवानी उमेरमा दिनभर बारीमा साथीहरुसँग कोदो रोप्दा रमाइलो हुन्थ्यो, घरमा मुरीका–मुरी […]

Continue Reading

सामाजिक सद्‍भाव र सहअस्तित्वका लागि खुलापत्र

विचार- सुमना श्रेष्ठ प्रिय पाठकवृन्द, तपाईंहरूलाई सिधै केही भन्नैपर्ने भएकाले यो पत्र लेख्दैछु। आज हामी युगान्तकारी राजनीतिक र सामाजिक परिवर्तनपछि आर्थिक रूपान्तरण र समृद्धिको बाटोमा छौँ। भ्रष्टाचारलाई साझा शत्रु मानेर परास्त गर्दै सुशासन स्थापना गर्ने अभिभारा हामी सबैको काँधमा छ। व्यक्तिवादी होइन, प्रणालीकेन्द्रित लोकतान्त्रिक व्यवस्था निर्माण गर्न हामीलाई अलि धेरै समय लागिरहेको छ। गणतन्त्र स्थापना […]

Continue Reading

विद्यालय शिक्षा विधेयक र शिक्षक महासंघ

विद्यालय शिक्षा विधेयक र शिक्षक महासंघसँग भएको सम्झौता कार्यान्वयन गर्न करिब ३५ अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको तथ्यांकमा उक्त रकम थप खर्च हुने अनुमान गरिएको छ । महासंघसँग सम्झौता भएलगत्तै मन्त्रालयको योजना महाशाखाले थप बजेट तयार गरेको हो । सो बजेटको बारेमा अर्थ मन्त्रालयले सहमति दिएको […]

Continue Reading

पर्यटकीय भिसामा नेपालीहरु न्युजिल्याण्ड आउनुमा को सवभन्दा बढी सहयोगी?

नेपाली दाजुभाईहरु नेपालीहरुवाटै ठगिएको कुरा समाचारहरुमा आईरहंदा मनमा चिसो पस्नु अस्वाभाविक होइन। नेपालीहरु संसारकोजुनसुकै भागमा जाँदा पनि कसैको ठगाईमा नपरुन भनी कामना गर्नु अति उत्तम हो। हालै न्युजिल्याण्डमा पर्यटकीय नेपालीहरु आउनथालेको र ती नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई न्युजिल्याण्डमा पुगेपछि पर्यटकीय भिसालाई श्रम भिसामा रुपान्तरण गर्नसजिलो भएको र न्युजिल्याण्डमा काम पाउन पनि धेरै सजिलो रहेको भनी भ्रमपूर्ण सूचना सम्प्रेषण गरि लाखौ लाख रुपैया ठगी भैरहेकोकुरा प्रकासमा आएको छ। यसै सन्दर्भमा नेपाल सरकारसंग सम्वन्धित निकाय वाणिज्यदुतावासले पनि समाचारको गम्भीरतालाई ध्यानमा राख्दै न्युजिल्याण्ड आउनुअगाडि र कसैलाई लाखौं रकम वुझाउनु अगाडि तथ्य – सत्य कुरा थाहा पाएर मात्र कदम अगाडि बढाउन सुझाएको छ जुन सराहणीय नैछ। यसै सन्दर्भलाई लिएर न्युजिल्याण्ड इमिग्रेसनमा तथ्यांक संकलन गर्दा विश्वास गर्न कठीन कुराहरु पाइयो । कोभिड-१९ महामारी पछि सम्भवत: सवभन्दा वढी नेपालीहरु पर्यटकीय भिसामा आएको यही बर्ष हो। गत २०२२ मे महिना देखि २०२३को अप्रिल मसान्त सम्ममा २७६६ नेपालीहरु न्युजिल्याण्ड प्रवेश गरेका रहेछन। त्यस मध्ये १९ वर्ष मुनिका १५० जना, २०-२९ उमेरसमूहका ८१० जना , ३०-३९ उमेर समूहका ५३४ जना, ४०-४९ उमेर समूहका २३१ जना, ५०-५९ उमेर समूहका ५५८ जना, र ६० वर्षमाथिका ४८३ जना रहेका छन। न्युजिल्याण्डको भूमी टेकेका २७६६ नेपाली पर्यटक मध्ये १५ जनाले नेपालवाट भिसा निवेदन दिएको र बांकी २७५१ जनाको भिसानिवेदन न्युजिल्याण्डवाटै दिएको न्युजिल्याण्ड इमिग्रेसनको तथ्यांकमा स्पष्ट उल्लेखछ। प्राप्त तथ्यांकलाई आधार मानेर हेर्दा नेपालीहरु पर्यटकीय भिसामा आउनलाई न्युजिल्याण्ड मै रहेका कन्सल्टेन्सी, व्यक्ति वा इमिग्रेसनसंग सम्वन्धित संस्थाहरुको बढी सहयोग रहेको कुरा घाम जतिकै छर्लंगछ।

Continue Reading

को हुन् अभिमन्यु ?

‘अभिमन्यु’ अर्जुन र सुभद्राका छोरा हुन्, जसलाई महाभारत युद्धको १३ औं दिनमा चक्रब्युहमा पारेर अग्रजहरुले हत्या गरेका थिए । महाभारत युद्धमा ४० वटा ‘ब्युह’को प्रयोग भएको थियो जसमध्येको एक ‘चक्रब्युह’ गुरु द्रोणाचार्यले निर्माण गरेका थिए । चक्रब्युह एक प्रकारको सैनिक संरचना थियो जहाँ ठिकैका सैनिकहरुलाई अगाडीको घेरामा राखिन्थ्यो भने शक्तिशालीहरु बीचतिर र पछिल्लो घेरामा हुन्थे […]

Continue Reading

धरहरा निर्माण सकिन अझै एक वर्ष

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ११ वैशाख ०७८ मा पुनर्निर्माण अधुरै रहँदा उद्घाटन गरेको धरहरा निर्माण अझै सकिएको छैन । पुनर्निर्माण सकिएको भन्दै ओलीले त्यतिवेला उद्घाटन गरे पनि हालसम्मको कार्य प्रगति निकै कम छ ।हालसम्म भौतिकतर्फ ७६ प्रतिशत र बजेटतर्फ ६६ प्रतिशत मात्रै कार्य प्रगति भएको छ । ठेकेदार कम्पनीका अनुसार धरहराको बाँकी काम सकिन अझै एक वर्ष […]

Continue Reading

विजयादशमीमा टीका लगाइदिँदा यस्ता मन्त्रले आशीर्वाद दिने गरिन्छ- महिला र पुरुष लाई छुट्टा छुट्टै

विजयादशमीमा टीका लगाइदिँदा यस्ता मन्त्रले आशीर्वाद दिने गरिन्छ- आयुर्द्रोणसुते श्रियो दशरथे शत्रुक्षयो राघवे । ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ॥ शौर्यं शान्तनवे बलं हलधरे सत्यञ्च कुन्तीसुते । विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ॥ अर्थात् द्रोणाचार्यका छोरा अश्वत्थामाको जस्तो आयु होस्, अयोध्याका राजा दशरथको जस्तो श्री होस्, दशरथका छोरा रामको जस्तो शत्रु नाश होस्, राजा […]

Continue Reading

कपाल काटेरै भरतपुरमा ३ तले घर !

चितवन – कुनै काममा निरन्तर लागिरह्यो भने सफलता मिल्छ भन्ने एक उदाहरण चितवनका सुरेश ठाकुरले देखाउनुभएको छ । परिश्रम गर्नसके स्वदेशमा नै काम गर्न सकिन्छ भन्ने उदाहरण ठाकुरले देखाउनुभएको हो । कपाल काटेरै उहाँले भरतपुरमा तीन तलाको घर बनाउनुभएको छ । त्यसो त उहाँका एक छोरा चार्टर्ड एकाउन्टेन्ट उत्तीर्ण गरी काममा लागेका छन् । अर्का एक […]

Continue Reading