
बारा जिल्लाको परवानीपुर गाउपालिका ले LISA को सुचक सम्बन्धि सामाजिक परिक्षण कार्यक्रम सम्पन्न गरेको छ। परवानीपुर गाउपालिका र ग्रामिण प्रविधि केन्द्र द्वारा आयोजित कार्यक्रम सोही गाउँपालिका का अध्यक्ष राम क्षेत्रि प्रसाद पटेल को प्रमूख अतिथ्य मा कार्यक्रम सम्पन्न गरीएको थियो। यस कार्यक्रमका संयोजक को रुप मा ग्रामीण प्राविधिक केन्द्र को अध्यक्ष दामोदर यादव को उपस्थिती थियो साथै विशिष्ट अतिथिमा सोही गाउँपालिकाका उप प्रमुख सुगान्धी देवी र अतिथिहरु मा यसै गाउँपालिका वडा नं 1 का वडा अध्यक्ष चोकड महतो , अधिकृत मुन्ना रौनियार र उमेश गुप्ताको उपस्थिती मा कार्यक्रम सम्पन्न भएको थीयो। कार्यक्रममा यसै गाउँपालिका अध्यक्ष राम क्षेत्री प्रसाद पटेल ले LISA को उत्कृष्ट अङ्क ले देश मा नै परवानीपुर गाउपालिका को नाम उच्च राख्ने विश्वास को साथमा अब LISA को सुचक मा कुनै वर्ष पनि घट्न नदिने कुरा मा विश्वास दिलाउनु भएको थीयो।





Great 👏