दुर्गा प्रसाईंलाई अदालत लगियो, अवरोध गर्ने कार्यकर्ता पक्राउ

भक्तपुरबाट पक्राउ गरी साइबर ब्युरो लगिएका दुर्गा प्रसाईंलाई अदालत लगिएको छ । साइबर ब्युरो पुर्‍याएको केहीबेरपछि प्रसाईंलाई अदालत लगिएको हो । प्रसाईंलाई अदालत लग्ने क्रममा अवरोध गर्ने उनका एक समर्थकलाई प्रहरीले गिरफ्तार गरेको छ ।

Continue Reading

अमेरिकाले २ सय ४८ औँ स्वतन्त्रता दिवस मनाउने क्रममा भएका घटनामा ३३ जनाको ज्यान गएको छ

संयुक्त राज्य अमेरिकाले २ सय ४८ औँ स्वतन्त्रता दिवस मनाउने क्रममा भएका घटनामा ३३ जनाको ज्यान गएको छ । पछिल्लो तीन दिनमा गोलीबारी र अन्य प्रकारका हिंसाले देशभरि कम्तीमा ३३ जनाको ज्यान गएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । अमेरिकाले अस्ति जुलाई ४ तारिखमा स्वतन्त्रता दिवस मनाएको थियो । हिजो […]

Continue Reading

एमाले अध्यक्ष ओलीको निजी निवास बालकोटमा खटिएका सुरक्षा प्रमुखको ज्यान गयो

नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको नीजि निवास बालकोटमा सुरक्षार्थ खटिएका सुरक्षा प्रमुख उमेश थापाको ज्यान गएको छ ।भक्तपुरको सूर्यविनायक नगरपालिका वडा–९ गुण्डु बस्ने सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकमा दरबन्दी भएका थापा अध्यक्ष ओलीको नीजि निवास बालकोटमा सुरक्षा प्रमुखका रूपमा खटिनुभएको थियो । सशस्त्र प्रहरी निरीक्षक ४२ वर्षका थापा हिजो बेलुका खाना […]

Continue Reading

काठमाडौंमा सहकारीपीडितको प्रदर्शन

बचत फिर्ताका लागि सरकारले यसअघि गरेका सम्झौताहरू कार्यान्वयन नभएको भन्दै सहकारी पीडितहरूले आज (शुक्रबार) देखि काठमाडौंमा प्रदर्शन थालेका छन् । काठमाडौं उपत्यका, पोखरा, बुटवल, चितवन, नवलपरासी, धरानलगायत विभिन्न जिल्लामा बिहान ११ बजेर ११ मिनेटमा एकै पटक आन्दोलन शुरु भएको हो । पीडितको पैसा फिर्ता गर्ने सम्बन्धमा यसअघि भएका कुनै पनि सम्झौता कार्यान्वयन नगरेको कारण तेस्रो […]

Continue Reading

अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेको भिसा अस्वीकार गरेकोबारे कुनै टिप्पणी नगर्ने

नेपालस्थित अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेकोबारे कुनै टिप्पणी नगर्ने बताएको छ। ‘अमेरिकी कानुनअनुसार भिसासम्बन्धी अभिलेखहरू गोप्य हुने भएकोले हामी भिसाको कुनै केस विशेषबारे टिप्पणी गर्न सक्दैनौँ,’ दूतावासले भनेको छ। भिसा वर्गका लागि योग्य हुने राष्ट्रिय क्रिकेट टोलीहरूका सदस्य विश्वकपमा प्रतिस्पर्धा गर्न समयमै अमेरिकाको यात्रा गर्न सक्षम होउन् भन्ने सुनिश्चित गर्न काठमाडौँस्थित […]

Continue Reading

सन्दीप लामिछानेको अमेरिकाको भिसा आवेदन अस्विकृत

आइसिसी टी–२० विश्वकप खेल्न जाने तयारीमा रहेका क्रिकेटर सन्दीप लामिछानेको अमेरिकाको भिसा आवेदन अस्विकृत भएको छ।सन्दीपले सामाजिक सञ्जालमार्फत् अमेरिका जान भिषा नपाएको जानकारी दिँदै नेपाली टोलीलाई शुभकामना दिएका छन्। यसअघि नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपलाई अमेरिका पठाउने भिषा प्रकृयामा गएको बताएको थियो। सन् २०१९ मा पनि सन्दीपलाई अमेरिकाको भिषा दिन अस्विकार गरेको थियो। तर, उनले […]

Continue Reading

दुर्गा प्रसाईं समूहका व्यक्तिहरूले बल्खु चोकमा ढुंगामुढा

मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहका व्यक्तिहरूले बल्खु चोकमा ढुंगामुढा गरेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बल्खुमा कार्यक्रम गर्न प्रसाई पक्षलाई दिएको थियो। युवा संघलाई भने तीनकुनेमा दिएको छ। यसैबीच युवा स‌ंघका कार्यकर्ताहरू बल्खु पुगेपछि झडप भएको हो। प्रदर्शनका लागि जम्मा भएका व्यक्तिहरूले एक्कासी ढुंगामुढा गरेका हुन् । प्रसाईं समूहको तोडफोडबाट बल्खु आसपासका केही संरचनामा […]

Continue Reading

नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु जारी

काठमाण्डाै – बाँकेको नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु जारी भएको छ । हिन्दु र मुस्लिम समुदायबीच तनाव सृजना हुने अवस्था देखिएकोले आज दिउँसो १ बजेदेखि लागू हुने गरी कर्फ्युकाे आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जनाकारी दिनुभयो । बिहान नेपालगञ्जमा सद्भाव र्‍याली पनि निकालिएको थियो । हिन्दुहरुको समूहले नेपालगञ्जमा प्रदर्शन गरेको छ । र्‍यालीमा ढुङ्गा र इँटा […]

Continue Reading

आज नेपाल र भारत बिच आमना सामना

एसिया कप क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले सोमबार बलियो प्रतिद्वन्द्वी भारतको सामना गर्दैछ । नेपाल पहिलो पटक एसिया कपमा सहभागी भएको हो । भारतको भने एसिया कपमा यो १५औँ सहभागिता हो ।  आईसीसीको पछिल्लो एकदिवसीय वरीयतामा भारत तेस्रो स्थानमा आसिन छ भने नेपाल १५औँ वरीयतामा रहेको राष्ट्र हो । यसका अतिरिक्त भारतले हालसम्म सर्वाधिक सात […]

Continue Reading

को हुन् एक्लै ६९ करोड ‘कुम्ल्याउने’ पौडेल ?

काठमाडौं । यहाँ दुई चार करोड भ्रष्टाचार गर्नु अनौठो हुन छाडेको छ । हुँदा हुँदा अब त करोडौं भ्रष्टाचारका अभियोग सार्वजनिक हुन थालेका छन् । सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलले मोटो रकम कमिशन खाएको खुलासा भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलसहित नौ जनालाई भ्रष्टाचार गरेको आरोप लगाउँदै विशेष अदालतमा मुद्दा दायर […]

Continue Reading