प्रथम औराहा नकआउट फुटबल प्रतियोगिता २०८२ सुरु

सम्वाददाता – औराहा (पर्सा) “जित्नु भन्दा ठूलो कुरा हिम्मत नहार्नु हो” भन्ने नाराका साथ सखुवा प्रसौनी गाउँपालिका–१, औराहा मा आयोजित प्रथम औराहा नकआउट फुटबल प्रतियोगिता २०८२ सुरु भएको छ। प्रतियोगिता हरेक दिन दिउँसो ३:०० बजे औराहा फुटबल मैदान मा सञ्चालन हुनेछ। स्थानीय युवाहरूको पहलमा सुरु गरिएको यो प्रतियोगितामा पर्सा जिल्लाका विभिन्न टोल–बस्तीका फुटबल क्लबहरूले सहभागिता […]

Continue Reading

चितवन र चावहिल स्पोर्टस विजयी, आज को को भिड्दैछन् 

बाराको सिमरामा जारी तेश्रो अन्तराष्ट्रिय सिमरा भेट्रान फुटबल प्रतियोगिता २०८० मा चितवन भेट्रान फुटबल क्लब र चावहिल भेट्रानक्लबले विजयी शुरुवात गरेको छ । सोमबार सिमरा रंगशालामा भएको दोश्रो खेलमा चितवन र चावहिल भेट्रानले विजयी भएको हो ।पहिलो खेलमा विरगञ्ज युथ एकेडेमी पर्सालाई १–० गोल अन्तरले पराजित गर्र्दै चितवनले विजयी शुरुवात गरेको थियो । चितवनकोजितमा मेघलाल तामाङले खेलको ५८औ मिनेटमा निर्णायक गोल गरेका थिए । खेलको अन्तिम समयमा उत्कृष्ट प्रदर्शन गरेका तामाङनै म्यान अफ द म्याच घोषित भए । उनलाई आयोजक सिमरा भेट्रान क्लबका अध्यक्ष राज कपुर राउत विजयले म्यान अफ द म्याचकोट्रफी प्रदान गरेका थिए । प्रतियोगिता अन्र्तगत सोमबार भएको दोश्रो खेलमा चावहिल भेट्रान क्लब काठमाण्डौ विजयी भएको छ ।दार्जिलिङ टाउन भेट्रान भारतलाई ३–० गोल अन्तरले पराजित गर्दैै चावहिलले विजयी शुरुवात गरेको हो । चावहिलको जितमा कृष्णमलाकारले २ गोल गरेका थिए । त्यसअघि पहिलो हाफको २६औ मिनेटमा शिशिर बहादुर हमालले शुरुवाती गोल गरेका थिए ।प्रतियोगिता अन्र्तगत मलाकार म्यान अफ द म्याच घोषित भए । उनलाई यु आर गोल्ड प्रिमियम मसला चियाकी सञ्चालिका रिताकडेलले ट्रफी प्रदान गरेका थिए । प्रतियोगिता अन्र्तगत आज पनि दुई खेल हुदेछ । पहिलो खेल फ्रिडम फाईटर क्लब काठमाण्डौ रएन.जे.जे.वाई.सि भेट्रान क्लब सिमरा र दोश्रो खेल चावहिल भेट्रान क्लब काठमाण्डौ र चितवन भेट्रान फुटबल क्लब बिच हुने आयोजकक्लबका अध्यक्ष राज कपुर राउत विजयले जानकारी दिनुभयो । स्व. मञ्जुदेवी गुप्ताको स्मृतीमा आयोजित प्रतियोगिता असोज १३गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा १२ वटा टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताको बिजेताले नगद २ लाख र उपबिजेताले नगद १ लाख रुपैया पाउने प्रतियोगिता संयोजक हरी चौधरीले जानकारी दिनुभयो ।

Continue Reading

न्युजिल्याण्ड को विभिन्न सहर मा आयोजना हुने तेन्जिङ हिलारी कप एसपाली ह्यामिल्टन को एसहस्ट पार्कमा, विजेतालाई च्याम्पियन अवार्ड सहित अठार सय डलर

न्युजिल्याण्ड ह्यामिल्टन को एसहस्ट पार्क मा आठौं संस्करणको तेन्जिङ हिलारी कप फूटबल प्रतियोगिता आयोजना हुने भएको छ। न्युजिल्याण्ड को विभिन्न सहर मा आयोजना हुने तेन्जिङ हिलारी कप एसपाली ह्यामिल्टन को एसहस्ट पार्कमा हुन लागेको हो।   सन् २०१५ बाट आयोजना हुँदै आएको यस प्रतियोगिताको अघिल्लो संस्करण भने कोरोनाका कारण स्थगित गरिएको थियो ।  आउदो फेब्रुअरीको ४ र ५ तारिकका दिन हुन […]

Continue Reading

नेपालले केन्यालाई हरायाे, एक खेलअघि नै शृङ्खला जित्याे

काठमाण्डाै – दाेस्राे एकदिवसीय क्रिकेट अभ्यास खेलमा नेपालले केन्यालाई १६ रनले हराएकाे छ । नेपालले दिएकाे दुई सय ३१ रनकाे लक्ष्य पछ्याएकाे केन्या ४६ ओभर ३ बलमा दुई सय १४ रनमा अलआउट भयाे । केन्याका लागि रकिप पटेलले ८१, कोलिन्स ओबुयाले ३७ र नेल्सन ओधियाम्बोले २८ रन बनाए । बलिङतर्फ नेपालका दीपेन्द्रसिंह ऐरीले चार, सोमपाल कामीले तीन […]

Continue Reading

इङ्ग्लिस क्लब टोटनहम प्रि–सिजन टुर अन्तर्गत मैत्रीपूर्ण खेलमा रेन्जर्सलाई २-१ अन्तरले पराजित

फरवार्ड ह्यारी केनको दुई गोल मद्दतमा इङ्ग्लिस क्लब टोटनहम प्रि–सिजन टुर अन्तर्गत मैत्रीपूर्ण खेलमा रेन्जर्सलाई २-१ अन्तरले पराजित गरेको छ ।  एन्टोनियो मिर्को कोलाकको गोलसंगै रेन्जर्सले सुरुवाती अग्रता लिएको थियो । तर, १(० ले पछि परेको स्थितिमा इङ्ग्ल्यान्ड अन्तर्राष्ट्रिय खेलाडी केनले लगातार दुई गोल गर्दै टोलीको हार टारे ।  यसै समरमा अनुबन्ध भएका वाइवेस बिसोउमा, […]

Continue Reading