कीर्तिपुर र ललितपुरमा बाढी र डुबानमा फसेका ३९ जनाको उद्धार

कीर्तिपुर र ललितपुरका विभिन्न ठाउँमा बाढी र डुबानमा फसेका ३९ जनाको उद्धार गरिएको छ । कीर्तिपुरको सुन्दरीघाटबाट १५ जनाको उद्धार गरिएको छ । कीर्तिपुर नगरपालिका–१० स्थित सुन्दरीघाटमा रहेको राधा स्वामी क्षेत्रमा फसेका १५ जनाको उद्धार गरिएको छ । गए रातिदेखि परेको अविरल वर्षाका कारण विभिन्न क्षेत्र डुबानमा परेको छ । डुबानमा परेको खबरसँगै सशस्त्र प्रहरी […]

Continue Reading

भारी वर्षाका कारण धादिङको गल्छी खण्ड अबरुद्ध

भारी वर्षासँगै सडक माथिबाट आएको लेदोको कारण पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी खण्ड अबरुद्ध बनेको छ । लेदो हटाइ अबरुद्ध सडक सुचारु गर्न निर्माणाधीन सडक आयोजनाको डोजर प्रयोग गरिएको छ ।वर्षा भइरहेका कारण सवारी सुचारु हुन अझै केही समय लाग्ने प्रहरीले जनाएको छ । सडक अबरुद्ध हुँदा काठमाडौं भित्रने र बाहिरिँदै गरेका सयौं सवारी रोकिएका छन […]

Continue Reading

दुर्घटनामा परेको जहाजमा सबै सौर्यकै कर्मचारी

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ। दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजमा १९ जना रहेको नेपाल उड्डयन प्राधिकरणले जनाएको छ। सौर्यको ९ एन-एएमई/सीआरजे २०० कलसाइनको जहाज बुधबार बिहान ११:१५ मिनेटमा दुर्घटनामा परेको थियो। क्याप्टेन मनीष शाक्यलाई बिहान ११ बजेर ३४ मिनेटमा उद्धार गरेर केएमसी अस्पताल लगिएको छ,’ उनले भने, ‘उनी बोल्न सक्छन्। […]

Continue Reading

नारायणगढ–मुग्लिनको भतेरीमा बस र तेल ट्यांकर ठोक्किँदा १६ जना घाइते

नारायणगढ–मुग्लिन सडक खण्डको भतेरी भन्ने स्थानमा बस र तेल ट्यांकर ठोक्किदा बसमा सवार १६ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । शनिबार दिउँसो ३ः०० बजेको समयमा नारायणगढबाट पोखरा जाँदै गरेको ग २ ख १४०१ नम्बरको बस सोही दिशातर्फ जादै गरेको ना ७ ख ५४९१ नम्बरको पेट्रोल बोकेको […]

Continue Reading