पर्यटकीय भिसामा नेपालीहरु न्युजिल्याण्ड आउनुमा को सवभन्दा बढी सहयोगी?

नेपाली दाजुभाईहरु नेपालीहरुवाटै ठगिएको कुरा समाचारहरुमा आईरहंदा मनमा चिसो पस्नु अस्वाभाविक होइन। नेपालीहरु संसारकोजुनसुकै भागमा जाँदा पनि कसैको ठगाईमा नपरुन भनी कामना गर्नु अति उत्तम हो। हालै न्युजिल्याण्डमा पर्यटकीय नेपालीहरु आउनथालेको र ती नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई न्युजिल्याण्डमा पुगेपछि पर्यटकीय भिसालाई श्रम भिसामा रुपान्तरण गर्नसजिलो भएको र न्युजिल्याण्डमा काम पाउन पनि धेरै सजिलो रहेको भनी भ्रमपूर्ण सूचना सम्प्रेषण गरि लाखौ लाख रुपैया ठगी भैरहेकोकुरा प्रकासमा आएको छ। यसै सन्दर्भमा नेपाल सरकारसंग सम्वन्धित निकाय वाणिज्यदुतावासले पनि समाचारको गम्भीरतालाई ध्यानमा राख्दै न्युजिल्याण्ड आउनुअगाडि र कसैलाई लाखौं रकम वुझाउनु अगाडि तथ्य – सत्य कुरा थाहा पाएर मात्र कदम अगाडि बढाउन सुझाएको छ जुन सराहणीय नैछ। यसै सन्दर्भलाई लिएर न्युजिल्याण्ड इमिग्रेसनमा तथ्यांक संकलन गर्दा विश्वास गर्न कठीन कुराहरु पाइयो । कोभिड-१९ महामारी पछि सम्भवत: सवभन्दा वढी नेपालीहरु पर्यटकीय भिसामा आएको यही बर्ष हो। गत २०२२ मे महिना देखि २०२३को अप्रिल मसान्त सम्ममा २७६६ नेपालीहरु न्युजिल्याण्ड प्रवेश गरेका रहेछन। त्यस मध्ये १९ वर्ष मुनिका १५० जना, २०-२९ उमेरसमूहका ८१० जना , ३०-३९ उमेर समूहका ५३४ जना, ४०-४९ उमेर समूहका २३१ जना, ५०-५९ उमेर समूहका ५५८ जना, र ६० वर्षमाथिका ४८३ जना रहेका छन। न्युजिल्याण्डको भूमी टेकेका २७६६ नेपाली पर्यटक मध्ये १५ जनाले नेपालवाट भिसा निवेदन दिएको र बांकी २७५१ जनाको भिसानिवेदन न्युजिल्याण्डवाटै दिएको न्युजिल्याण्ड इमिग्रेसनको तथ्यांकमा स्पष्ट उल्लेखछ। प्राप्त तथ्यांकलाई आधार मानेर हेर्दा नेपालीहरु पर्यटकीय भिसामा आउनलाई न्युजिल्याण्ड मै रहेका कन्सल्टेन्सी, व्यक्ति वा इमिग्रेसनसंग सम्वन्धित संस्थाहरुको बढी सहयोग रहेको कुरा घाम जतिकै छर्लंगछ।

Continue Reading

न्युजिल्याण्ड  को लागि आगन्तुक ( Visitor visa )भिसा मा आवेदकहरू ठगीदै

विदेशी यात्रुका लागि न्युजिल्याण्डको सिमाना खुला भएसँगै न्युजिल्याण्ड प्रवेश गर्नेको संख्या बढेको छ भने भिजिटर भिसा लिनेको संख्या पनि बढेको छ । विगत केही महिनामा, विशेषगरी नेपालबाट न्युजिल्याण्ड आउने धेरै आगन्तुक भिसा धारकहरूलाई तिनीहरूका विदेशी एजेन्टहरू (लाइसेन्स नभएका) द्वारा भ्रमित गरी आगन्तुक भिसा सुरक्षित गर्न हजारौं डलर तिर्न सेवाकर्ता हरू बाध्य छन् । आगन्तुक भिसा […]

Continue Reading