अझै पनी कर्णाली बासी तुईन बाट खस्नुपर्ने

घटना

तुइन तर्ने क्रममा कर्णाली नदीमा खसेर एकजना बेपत्ता भएका छन् । सर्केगाड गाउँपालिका- ३ स्थित लेप्चेघाटमा मुगुको सोरू गाउँपालिका- ५ का ३८ वर्षीय मकरसिंह नेपाली तुइनबाट खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ । 

हिजो साँझ ६ बजेरतिर तुइनबाट खसेर नेपाली बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। कर्णाली करिडोरअन्तर्गत  छारे-सुनाखाडामा काम गर्न उनी  मुगुबाट हुम्ला पुगेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताए। 

बेपत्ता भएका नेपालीलाई हिजो राति खोजीकार्य सम्भव नभएपछि आज बिहानैदेखि प्रहरी खोजीमा जुटेको छ । कर्णाली करिडोरअन्तर्गत छारे-सुनाखाडा खण्डको सामान तार्न कर्णाली नदीमा तुइन निर्माण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *